पार्टी महाधिवेशन पछि चुनाव, सरकारलाई समर्थन नगर्ने, प्रधानमन्त्री पनि नखाने
फागुन २५, २०७७
तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता भंग हुने गरी सर्वोच्च अदालतले फैसला सुनाएपछि देशभर एमालेले पार्टी कार्यलय स्थापना गरिरहेका छन् । दाहाल–नेपाल समूहलाई सर्वोच्च अदालतको फैसलाले चोट दिएपनि ओली समूह भने उत्साहित छन् । जसका कारण ७७ वटै जिल्लामा एमाले पार्टी कार्यलय स्थापनाको अभियान जारी छ । पार्टीको एकता भंग भएर दुई पार्टी भइसकेपछि सवैको ध्यान नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा तिर सोजिएको छ ।
पार्टीको एकता भंग हुनुभन्दा अगाडी देउवा प्रधानमन्त्रीको तयारीमान लागेको भएपनि पछिल्लो समय भने रणनीति फरिएको छ । देउवा निटक स्रोतले वर्णन मिडियालाई दिएको जानकारी अनुसार देउवा अव पार्टी महाधिवेशनमा होमिने र मंसिरमा चुनावमा पक्षमा लागेका छन् । ‘देउवा आफू प्रधानमन्त्री पनि नहुने, कुनै पनि सरकारलाई समर्थन पनि नगर्ने, तर मंसिरमा चुनावको तयारी गर्ने रणनीतिमा छन,’ स्रोतले भन्यो ।
२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो । तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको थियो ।
अहिले प्रधानमन्त्री हुदाँ कार्यकर्तामा समेत नराम्रो सन्देश जाने बुझेपछि देउवा महादिशेवनबाट जसरी पनि सभापति चुनिने अभियानमा लागेका छन् । भदौमा महाधिवेशन गरेर पुनः सभापतिमा आउने देउवाको रणनीति छ । ‘ देउवाले देशभरका आफू पक्षिय नेता कार्यकर्तालाई महाधिवशेनमा जुट्न दिर्नेशन दिइसकेकाछन्,’ देउवा निकट एक नेताले भने ।
महाधिवेशनबाट सभापति हुने र मंसिरमा चुनावमापछि कांग्रेसको बहुमत आउने आंकलन देउवाको छ । जसका कारण अव देउवा सभापति बनेर पाँचवर्षका लागि प्रधानमन्त्री बन्ने रणनीतिमा होमिएका छन् । ‘अहिले प्रधानमन्त्री भएपनि केही महिना मात्रै हुने देखेपछि देउवा महाधिवेशन र मध्यवली चुनावमा लागेका छन्,’ ती नेताले भने । सर्वोच्चको फैसलासंगै प्रधानमन्त्री केपी शर्मा ओली गठबन्धन सरकारको प्रधानमन्त्रीमा परिणत भएका छन् । अब उनले राजीनामा, विश्वासको मत वा अविश्वास प्रस्ताव सामना गर्नेमध्ये कुनै एक विकल्प रोज्नुपर्ने भएको छ ।
माओवादी केन्द्रले केही दिनमै समर्थन फिर्ता लिने तयारी गरेको छ, त्यो संगै ओली कांग्रेस वा जसपको साथ लिने अभियानमा जुटेका छन् । तर देउवाले साथ नदिने भएपनि ओली जसपातिर सोजिएका छन् ।
३ फागुन ०७५ मा ओली माओवादी केन्द्रको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम गठबन्धन सरकारका प्रधानमन्त्री बनेका थिए । त्यसपछि ३ जेठ ०७६ मा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि धारा ७६ (१) बमोजिम उनी बहुमतमा प्रधानमन्त्री बनेका थिए । तर, आइतबार एमाले र माओवादी केन्द्रबीचको एकता भंग गर्ने गरी अदालतले निर्णय सुनाएपछि ओली फेरि संविधानको धारा ७६ (२) बमोजिम गठबन्धन सरकारको प्रधानमन्त्रीमा रूपान्तरण भए ।
प्रतिनिधिसभामा नेकपाका एक सय ७४, कांग्रेसका ६३, जनता समाजवादी पार्टीका ३४ सांसद छन् । त्यस्तै, नेमकिपा, राप्रपा, राजमो र स्वतन्त्र एक–एकसहित प्रतिनिधिसभामा दुई सय ७५ सिट छन् । तीमध्ये चार सांसद निलम्बित रहेको र एक सांसदको निधन भएको छ । विजय गच्छदार (कांग्रेस), रेसम चौधरी (जनता समाजवादी), अफ्ताब आलम (कांग्रेस), हरिनारायण रौनियार (जनता समाजवादी) निलम्बित छन् । सानु शिवा (नेकपा)को निधन भएको छ ।
अहिले कायम रहेका दुई सय ७० सांसद संख्यामध्ये सभामुखको मत निर्णायक अवस्थामा मात्र काम लाग्ने भएकाले अविश्वासको प्रस्तावको पक्ष वा विपक्षमा बहुमत पुर्याउनन कम्तीमा एक सय ३५ सांसद आवश्यक पर्छ । पूर्वएमालेका एक सय २१ मात्र सांसद छन् । प्रचण्डले समर्थन फिर्ता लिनेबित्तिकै ओलीले विश्वासको मत हासिल गर्नुपर्ने अवस्था आउँछ ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिए पनि टिक्ने आधार भएन । अब यो सरकार संविधानको धारा ७६ (१)को सरकार रहेन, त्योअनुसार नभएपछि अब प्रधानमन्त्रीले पदमा बसिरहने आधार पनि छैन ।
एमाले ओली समूहको देशभर उत्साह
पेरिसडाँडामा माधव समूह प्रचन्डसंग फेरी भेट्ने बाचा सहित छुट्टिएपछि ओली समूह थप उत्साहित भएको छ । माधव समूह भने अफ्ठेरोमा परेको छ । ओली समूहले देशभरका एमाले कार्यलय खोल्न थालिएको छ । एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो । धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड मंगलबार फेर्ने तयारी छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८