चितवनमा ओली समुहद्वारा दिप प्रज्वलन

  • खबरदाता
  • फागुन २३, २०७७

फागुन २३,२०७७
सर्बोच्च अदालतले नेकपा नाम ऋषि कट्टेललाई दिँदै एमाले र नेकपा ( माओबादी केन्द्र )पुर्ववत अबस्थामा रहेको फैसला गरेको छ ।

सर्बोच्चको फैसलाको स्वागत गर्दै ओली पक्षिय कार्याकर्ताले चितवनको पुर्ब एमाले पार्टी कार्यालयमा दिप प्रज्वलन गरेका छन। उनिहरुले सर्बोच्चले स्वागत योग्य फैसला गरेको प्रतिक्रिया दिदै खुसियाली मनाएका हुन।

साँझ सानो समुहमा आएका कार्याकर्ताले पार्टी कार्यालयको हाता भित्र कार्यक्रम गरेका थिए। उक्त कार्याक्रममा ओलि समुहका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज हरि सापकोटाले सम्बोधन गरेका थिए।

उनीहरुलाई कार्यालय भित्र भने सुरक्षाकर्मीले प्रबेस गर्न भने दिएनन। नेकपामा बिबाद बढेपछी सो पार्टी कार्यालयमा लामो समय देखि सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
सुरक्षाको कारण भन्दै आजबाट उक्त कार्यालयमा थप सुरक्षाकर्मि परिचालन गरिएको  छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८