फागुन २३,२०७७
प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलि सभा स्थालबाटै बाहिरिएका छन। केही समय अगाडि बैठकका लागि नयाँ बानेश्वरस्थित संसद भवन पुगेका प्रधानमन्त्री ओली पौन पाँच बजेतिर संसद भवनबाट बाहिरिएका हुन्।
बैठकमा सहभागी नभइ एक्कासी उनी किन बैठक नै छोडेर निस्किए भन्ने कारण खुलेको छैन । तर सर्वोच्च अदालतबाट आएको पछिल्लो फैसला र त्यसको कारण उनी एक्कासी संसद भवनबाट बाहिरिएको अनुमान गर्न सकिन्छ ।
बैठकबाट बाहिरिँदै गर्दा प्रधानमन्त्रीले ओलीले सर्बोच्चको फैसलालाई आफुहरुले मान्ने बताए । उनले भने -सर्वोच्च अदालतको फैसलालाई मान्छौ, पूर्ण पाठ पढेपछि थप प्रतिक्रिया दिउँला।
आजको बैठकमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रामबहादुर थापा, नेता बाबुराम भट्टराई लगायत संसदहरु संसद भवन पुगिसकेका छन्।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम विवादमा ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएसँगै नेकपा ९एमाले० र नेकपा माओवदी केन्द्र पूर्ववत् अवस्थामा फर्किएको छ। यसले फेरि राजनीति वृत्त थप तरङ्ग ल्याएको छ। प्रतिनिधिसभा विघटन पछि नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट अलगिएका पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल समेत छलफलमा जुटेका छन्। माओवादी केन्द्रका अध्यक्ष दाहालले अदालतको फैसला अपेक्षा विपरित आएको प्रतिक्रया दिएका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८