• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

आजबाट नारायणगढ-मुग्लिन सडक एक हप्ता सम्म दैनिक ५ घन्टा बन्द हुने

  • खबरदाता

आजबाट नारायणगढ-मुग्लिन सडक एक हप्ता सम्म दैनिक ५ घन्टा बन्द हुने

फागुन २३,२०७७

चितवन । पहिरो रोकथामको बाँकी रहेको काम पूरा गर्न आजबाट नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । सडकखण्डमा बिहान १०;३० देखि दिउँसो ३:०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाट जानकारी दिइन। सो समयमा एम्बुलेन्स , दमकल जस्ता अत्यावश्यक सेवाका सवारी साधान भने संचालन हुने छन।

कालीखोला चार किलो नजिक पहिरो नियन्त्रणको काम पूरा हुन बाकी थियो। उक्त स्थानको करिब ५० मिटर क्षेत्रफलमा आज बाट पहिरो नियन्त्रणको काम गरिने भएको हो।
एक हप्ताको लागि सवारीसाधान बन्द गरि काम थालिने भएपनि सकेसम्म धेरै कामदार प्रयोग गरि सो भन्दा अगाबै काम सक्ने योजना रहेको रानाभाटले बताइन।

गत असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले बताए । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ ।

सो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने छ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ ।

  • प्रकाशित मिति : फागुन २३, २०७७, आइतवार ०४:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८