• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

सहिदको सपना मर्न दिँदैनौं : विप्लव

  • खबरदाता

सहिदको सपना मर्न दिँदैनौं : विप्लव

फागुन २१,२०७७

नेपाल कम्युनिष्ट पार्टी विप्लवका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहिदको सपना कुनै हालतमा मर्न नदिने बताएका छन। सरकार र नेकपा बिप्लबको समुहको सहमति पत्रमा हस्ताक्षर कार्याक्रममा उनले सो कुरा बताएका हुन।

सरकार र आफ्नो पक्ष बिच तीन बुदे सहमति पक्षमा हस्ताक्षर पछी सम्बोधन गर्दै बिप्लबले देशका सबै निर्णयहरुको अधिकार जनतालाई दिनुपर्ने समेत बताएका छन्। अहिले भएको सहमति भित्र जनताको ठुलो सपना लुकेको उनले बताए । सबैका इच्छा पूरा भएको तरा सहिदको इच्छा पूरा हुनबाँकी रहेकोले त्यसलाई अब पूरा गर्ने बेला आएको र त्यसैको लागि आफुले क्रान्तिको बाटो अबलम्बन गरेको उनले बताए ।

अधिकांश समस्याहरुबाट मुक्ति पाउन जनताले एकपटक निर्णयको अधिकार पाउनुपर्ने बताए। उनले भने- अहिलेका सबै समस्याको समाधानका निम्ति नेपाली जनतालाई निर्णयको अधिकार दिनुपर्छ।

राज्य र विप्लव पक्षबीच भएको तीनबुँदे सहमतिअनुसार राज्य पक्ष र विप्लव पक्षबीच शुक्रबार हस्ताक्षर भएको।

  • प्रकाशित मिति : फागुन २१, २०७७, शुक्रवार १०:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८