विप्लवका नेताहरुलाई पक्राउ नगर्न सरकारको निर्देशन

  • खबरदाता
  • फागुन २०, २०७७

फागुन २०, २०७७
चितवन । सरकारद्धारा अपराधिक समुह घोषणा गरिएको विप्लव समूहका नेता तथा कार्यकर्तालाई पक्राउ नगर्न सरकारले मातहतका निकायहरुलाई निर्देशन गरेको छ ।

बुधवार देखि उक्त समूहसँग वार्ता सुरु भएसँगै गृह मन्त्रालयले विप्लवका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो ।

सरकारले २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लव समूहका नेता–कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति अख्तियार गर्दै आएको थियो । वार्ता सुरुहुनु तीन दिन अघिसम्म उक्त समूहका नेता तथा कार्यकर्तालाई सरकारले गिरफ्तार गरिरहेको थियो ।

वार्तामा बसिरहेको विप्लव समूहले वार्तामा बस्नु अगावै आफ्नो पार्टी माथि लगाएको प्रतिबन्ध फुकुवा र जेल तथा हिरासतमा रहेका आफ्ना नेता, कार्यकर्तालाई रिहाइ गर्न माग गरेको थियो ।

बुधवार एकैदिन दुई चरणमा भएको वार्ता सकारात्मक रहेको सरकारी पक्षले दावी गरेपनि उक्त वार्तावारे विप्लव समूहले भने आफ्नो प्रतिक्रिया दिएको छैन ।

मंगलबारमात्रै सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको नेतृत्वमा वार्ता समिति बनाएको थियो भने विप्लव समूहले पनि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएको थियो

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८