• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

प्रचण्ड–नेपाल न पोथी न भाले : नेता बस्नेत


प्रचण्ड–नेपाल न पोथी न भाले : नेता बस्नेत

बस्नेतले भाषणमा हरेक पटक ओली सरकार अझै दुई वर्ष कानूनी रुपमै रहन्छ भनिरहदा ओली समूहकै नेताहरु काँग्रेस लगायत अन्य विपक्षि पार्टीहरुलाई सरकार टिकाइदिन अनुरोध गरिरहेका छन् ।

केपी शर्मा– फागुन १९, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रचण्ड र नेपाललाई न पोथी न भोले भएको आरोप लगाएका छन् । चितवनको भरतपुरमा आयोजित राष्ट्रिय युवा सघ नेपाल चितवनको कमिटी घोषणा, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उनले सो आरोप लगाएका हुन् । हिजो माधव नेपाल पार्टीको महासचिव हुँदा एमालेले न पोथी न भालेको आरोप खेपेको भन्दै उनले भने,“आज उनै नेपाल प्रचण्डसँग भएपछि नेपालसँगै प्रचण्ड पनि न भाले न पोथी भएका हुन् ।”
उनले आगामी हुने चुनावमा ओली समूह एक्लैले एक तिहाई मात्र होइन दुई तिहाई मत ल्याउने दावी गरे । प्रचण्ड माधव समूहप्रति आक्रमक रुपमा प्रस्तुत भएका नेता बस्नेतले आफ्नो भाषणको लामो समय आफ्नो समूहविरुद्धका नेताहरुलाई आरोप लगाउनैमा विताएका थिए । उनले भने,“केपी ओली आफूले आफैलाई वाहेक अरुले हटाउन सक्दैन । लोकतन्त्र सुदृढ गर्नका लागि विभिन्न गुट तथा उप गुटहरुसँग सरकारले सहकार्य गरेकोले पनि तीनको समर्थनले सरकारलाई थप बलियो बनाएको छ ।”
ओली प्रधानमन्त्री भएपछि नै अपराधिक समूहको रुपमा घोषित नेकपा विप्लव समूहसँग सरकारले पुन वार्ता सुरु गरेको प्रसंगलाई उल्लेख गर्दै उनले सो कुरा बताएका हुन् । आगामी दुई वर्षसम्म पनि केपी ओलीको सरकारलाई कसैले पनि एक इन्च हल्लाउन नसक्ने उनको दावी थियो । उनले भने,“दुई वर्ष संवैधानिक रुपमै यही सरकार रहने छ ।” उनले सर्वोच्चको निर्णयले सरकार झन् बलियो भएको जिकिर समेत गरे ।
बस्नेतले एकता विरोधी कम्युनिष्ट वाहेक सवै एक ठाउँमा रहेको दावी गर्दै दाहाल नेपाललाई भने,“सक्नुहुन्छ भने कमजोरी स्वीकारेर फर्कनुहोस् । सक्नुहुन्न भने पार्टी विभाजन गरेर जानुहोस् ।”
अव आउने चुनावमा ओली समूहको नेकपाले दुई तिहाई मत ल्याएर देखाइदिने उनले बताए । उनले भने,“चितवनमा पनि नयाँ झक्कु सुवेदी जन्मने छन् । जसले प्रचण्डलाई आउँदो चुनावमा धुलो चटाउनेछन् । ”
चितवनमा अभूतपूर्व रुपमा केपी ओली मय देखिएको उनको दावी थियो । राजनीतिक रुपमा टनकपुर,महाकालि, खुर्दलोटन बाँधमा गई राष्ट्रिय झण्डा फहराउँदै भारत विरुद्ध प्रर्दशन गरेको इतिहास युवा संघको रहेको भन्दै युवाहरु अहिलेपनि लिपुलेक र लिम्पियाधुरामा भारतले दावी नगर्न चेतावनी दिँदै राष्ट्रियताको पक्षमा आन्दोलित भएको बताए ।
हाम्रा नेता भाषण गर्न पनि सक्छन् विकास निर्माणको अभियान्ता बन्न पनि सक्छन् । कार्यकर्ता भएर सरसफाई गर्न पनि सक्छन् । यदि विरोधीले निहुँ खोजेमा तिनका विरुद्ध ढुँगा उठाएर आक्रमण गर्न पनि सक्छन्, उनले भने । आफूहरुसँग नैतिकता, बौद्धिकता, जुझारुपन सवै छ भन्दै यी सवै कुरालाई केपी ओलीको साथमा प्रयोग गरेको उनको भनाई थियो ।
आफ्नो पार्टीमा कसैलाई हाताहाती र नगदानगदी नचाहिने उनले बताउँदै उनले भने,“ हामी मञ्च नपाएर गुनासो गर्दै भाग्दैनौ । आफूहरु भागेर होइन जुधेर लडेर माओवादीको आतंकवादलाई समाप्त पारेर आएको कार्यकर्ता हौँ। त्यसैले हामीलाई कमजोर नठाने हुन्छ ।”
केपी ओली नातावाद, परिवारवाद र भ्रष्टचारको विरुद्ध सधैँ लडिरहेको भन्दै बस्नेतले भने,“अघि बढ केपी बा, ज्यान दिन तयार छौँ ।”

  • प्रकाशित मिति : फागुन १९, २०७७, बुधवार १२:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८