• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पदको लोभ छैन, परि आए छोडिन्न : सभापति देउवा


पदको लोभ छैन, परि आए छोडिन्न : सभापति देउवा

संसद पुनस्थापना भएसँगै सरकारको जग हल्लिइरहेको अवस्थामा नेकपाका दुवै समूहबाट काँग्रेसको भरमा सत्ता चलाउने खेलको समिकरण शुरु भइरहदा काँग्रेका अधिकाँश नेता तथा कार्यकर्ताले देउवालाई सरकारमा नजान दबाब दिइरहेका छन् । तर देउवा भने सरकारलाई हतियार बनाई आउदो चुनावी रणनीति बनाउने दाउमा छन् ।

केपी शर्मा– फागुन १९, २०७७
चितवन । प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्चले फैसला गरेपछि देशमा देखापरेको राजनीतिक तरङ्गमा घुम्दै फिर्दै मियोको रुपमा पुन काँग्रेस माझ आइपुगेको आकलन गर्न सकिन्छ । नेकपाको राजनीतिक ध्रुविकरण भई दुई समूहमा विभाजित हुँदा दुबै समूह देउवाको साथको खोजीमा छन् ।

यस्तो अवस्थामा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले काँग्रेस सत्तामा जाने कुरामा लालायित नभएको बताएका छन् । तर देशलाई बचाउनुपर्ने अवस्थामा नेतृत्व लिन पनि पछि नपर्ने उनको भनाई छ । नेपाली काँग्रेसका नेता एवम पूर्व सांसद एकनाथ रानाभाटको श्रद्धान्जली सभामा बोल्दै सभापति देउवाले भने,“काँग्रेसलाई पदको लोभ छैन । काँधमा आए भाग्दैन ।”

लोकतान्त्रीक पद्धतीलाई विश्वास गर्ने भएकाले नेपाली काँग्रेस परिस्थिती अनुसार चल्नुपर्नेमा उनको जोड थियो । उनले देश बरवादीको अवस्थामा जान सक्ने सम्भावना रहेको भन्दै सो परिस्थितीमा काँग्रेसले सरकारको नेतृत्व सम्हाल्ने सम्भावना रहन सक्ने उनको जिकिर थियो ।

सोही श्रद्धान्जली सभामा भने काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस कुनै हालतमा पनि सत्तामा जान नहुनेमा जोड दिएका थिए । सोही कुराको प्रतिउत्तरमा देउवाले रामचन्द्र सानो चित्तको रहेको आरोप लगाए । उनले भने,“ रामचन्द्रजी तपाईं सानो चित्त नगराउनुस, तपाइँको कुरा सुन्दा शेरबहादुर प्रधानमन्त्री नहोस्, अरू होस् भन्नेजस्तो बुझिन्छ । त्यसो नगर्नस् । म प्रधानमन्त्री भए पार्टीलाई फाइदै हुन्छ,” उनले भने ।

स्वर्गीय नेता एवम पूर्व सांसद रानाभाट एक निष्ठावान, त्यागी र काँग्रेसका कर्मठ नेता भएको बताए । उनले सो सभामा रानाभासँग विरगञ्ज कारागारमा सँगै बस्नुपर्दाको क्षणलाई सम्झिदै देउवाले भने,“ उहाँको निधनले पार्टीलाई अपुरणीय क्षती भएको छ । उहाँको योगदानलाई अनुसरण गर्दै काँग्रेस अगाडि बढ्नुपर्नेछ , देउवाले भने ।

रत्ननगर नगरपालिका वडानम्वर १४ लौरीघोल स्थित स्वर्गीय रानाभाटकै निवासमा आयोजित श्रद्धान्जली सभामा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शसांक कोइराला, तारानाथ रानाभाट,महालक्ष्मी उपाध्याय डिना लगायत विभिन्न जिल्लाका नेताहरुको उपस्थिती थियो ।

काँग्रेस चितवनले आयोजना गरेको उक्त श्रद्धान्जली सभा जिल्ला सभापति जित नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • प्रकाशित मिति : फागुन १९, २०७७, बुधवार ११:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८