सरकार र विप्लवबीच शुरुभयो वार्ता

  • खबरदाता
  • फागुन १९, २०७७

फागुन १९,२०७७

सरकारले र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको वार्ता टोलीसंग बार्ता सुरु गरेको छ ।
उच्च सुरक्षा बीच बालुवाटारमा अहिले औपचारिक वार्ता चलिरहेको छ । स्रोतका अनुसार वार्ता टोली मंगलबार सांझनै काठमाडौँ आइपुगेको थियो । बुधबारबाट बार्ता सुरु गर्ने भन्ने मंगलबार नै दुबै पक्षले तय गरेका थिए।

सरकारले बर्ता टोलिको घोषणा गरेपछी नेकपा विप्लव समूहले पनि पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने बर्ताको जिम्मा लगाएको थियो। विप्लवले मंगलबार एक विज्ञप्तिमार्फत प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउने सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका थियो।

बुधबार बिहान साढे सात बजेबाट सुरु भएको बर्तामा सरकारले लगाएको प्रतिबन्द् फुकुवा र हिरासतमा रहेका कार्यकर्तालाई रिहा गर्ने बिषयमा छलफल भइरहेको छ ।

केपी ओली नेतृत्वको सरकारले आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको हो ।

  • खबरदाता
  • प्रकाशित मिति:फागुन १९, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८