सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’ र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।
यो टोली केही दिन पहिले नै गठन गरिएको सम्बद्ध श्रोतले बताएको छ । वार्ताका लागि पार्टीमाथिको प्रतिबन्ध फुकुवा, जेलमा रहेका नेताकार्यकर्ता रिहा, झूटा मूद्दा फिर्ता लगायतका प्रस्तावहरु रहेको बुझिएको छ । प्रस्तावलाई अझ ठोस गर्न वार्ता टोलीको तत्काल बैठक बस्ने बताइएको छ ।
प्रधानमन्त्री ओलीले झापा र पोखरामा बोल्दै विप्लबसँग शान्ति वार्ता हुने कुरा दोहोर्याएका थिए भने गत फगुन ८ गते नेत्रविक्रम चन्द बिप्लबले उचित वातावरण बने वार्ता गरेर शान्तिपूर्ण गतिविधिमा आउन तयार रहेको कुरा प्रकाशमा ल्याएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८