असुरक्षित प्रधानमन्त्रीका सुरक्षित जनता !

  • फागुन १७, २०७७

फागुन १७,२०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासंग आफू एकदमै असुरक्षित भएको गुनासो गरेका छन । उनले उनी निकट नेकपाले पोखरामा आयोजना गरेको सभामा उक्त कुरा बताए । उनले भने ,अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।

प्रधानमन्त्रीले यस्ता कुरा बोलिरहँदा उनका अघिपछि आधुनिक हातहतियार सहित दर्जनौं सुरक्षाकर्मी तैनाथ थिए। सयौको संख्यामा हातहतियार सहितका सुरक्षाकर्मी सभास्थलमै थिए । त्यति मात्र कहाँ हो र चारवटै सुरक्षा निकायका उपल्लो दर्जाकाहरु पनि सोहि स्थानमा खटिएका थिए ।

पौष ५ को असम्बैधानिक कदम चालेपछि प्रधानमन्त्रीको देश दौडाह निकै तिब्र गतिमा छ । रास्ट्रको काममा होस या आफु निकटकै नेकपाको सभामा। त्यसो त प्रधानमन्त्री पुग्ने पार्टी वा गुटकै भेला किन नहोस्, नेपाल प्रहरीका तालिम प्राप्त कुकुर समेत लगेर अनिवार्य ट्रेसिङ गरिएको हुन्छ। त्यसपछि सुरक्षाकर्मीले त्यहाँ पुगेर कार्यक्रमस्थललाई सुरक्षा दिन्छन्। प्रधानमन्त्री सवार हुँदा अगुवा पछुवा त हुनेनै भए। नेपाल प्रहरी र नेपाली सेनाबाट अङ्गरक्षक समेत खटाइएको हुन्छ प्रधानमन्त्रीका लागि। त्यति मात्र कहाँ हो र उनले सम्बोधन गर्ने स्थानमा तयार गरिने मन्च बनाउन सुरु भएकै दिनदेखि सुरक्षाकर्मीले निगरानी गरिरहेका हुन्छन।

यतिका धेरै सुरक्षा घेरा लिएर हिँडेका प्रधानमन्त्रीलाई आखिर कसरी भयो सुरक्षा थ्रेट रु प्रश्न यहाँ उठ्छ । प्रधानमन्त्रीको ज्यानै जान सक्ने गरि कसले गर्ला हमाला रुप्रधानमन्त्रीले आफुमाथि कस्तो किसिमको हमला भन्न खोजेका हुन रु कि कार्यक्रममा सहभागी उनका बिपक्षीले ढुङ्गा प्रहार गर्छन् रु कि कालो झन्डा देखाउँछन रु कि हावा भएको कालो बेलुन उढाउँछन रु वा कुनै सांघतिक हमलानै गर्छन?

यति धेरै सुरक्षाकर्मी र बन्दोबस्तीका साथ हिँडेका देशका प्रधानमन्त्रीले औपचारिक रुपमानै आफुलाइ सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिइनुले समान्य नागरिकले यसलाइ कसरी हेरे होलान रु अनि तिनले आफू कति सुरक्षित भएको महसुस गरे होलान रु प्रत्येक बोलिमा भोको , नाङ्गो , गरिब , शिक्षा र सुरक्षाबाट कोहिपनि बन्चित हुन पर्दैन भनी धमास पिट्ने प्रधानमन्त्रीका यस्ता निरीह शब्द सुन्दा आम जनता के सोचिरकेका होलान ?

प्रधानमन्त्रीको सुरक्षा अति विशिष्ट सुरक्षा अन्तर्गत पर्छ। नेपाली सेनाले प्रधानमन्त्रीको सुरक्षाको कमान्ड लिएको हुन्छ। गृह मन्त्रालयको सुरक्षा योजना अनुसार राष्ट्रपतिदेखि प्रदेश प्रमुखसम्म मात्र ८ सय भन्दा बढी सेना खटिएका छन्। प्रधानमन्त्री निवासदेखि प्रधानमन्त्री सुरक्षासम्म नेपाली सेनाबाट मात्र १ सय ७५ जना सुरक्षाकर्मी खटिएका हुन्छन।

सेनाले निर्देशिका अनुसारनै सुरक्षा व्यवस्था मिलाएको हुन्छ । प्रधानमन्त्रीको पनि त्यही अनुसार सुरक्षा मिलाइएको हुन्छ । निवासदेखि कार्यक्रममा जाँदा समेत सेनाको सुरक्षा हुन्छ।

नेपाल प्रहरीले प्रधानमन्त्रीको सुरक्षाको लागि डीएसपीको नेतृत्वमा ८० भन्दा धेरै सुरक्षाकर्मी खटाएको हुन्छ । उनीहरू प्रधानमन्त्री निवासदेखि प्रधानमन्त्री जाने सबै कार्यक्रमसम्म खटिएका हुन्छन्। प्रधानमन्त्री निवासमा चौबिसै घण्टा सुरक्षा प्रबन्ध मिलाइएको हुन्छ। त्यतिमात्र हैन प्रधानमन्त्री कुनै कार्यक्रमको सिलसिलामा कुनै जिल्ला वा उपत्यकामै कुनै ठाउँमा पुग्दा त्यहाँ प्रहरी वृत्त वा जिल्लामा इलाकाबाट खटिने थप सुरक्षाकर्मी अलग्गै परिचालित हुन्छन्। प्रधानमन्त्रीको सुरक्षाका लागि सशस्त्र प्रहरीबाट ३५ जना सुरक्षाकर्मी बेग्लै खटिएका हुन्छन। उनीहरूले स्कटिङदेखि अन्य किसिमका सबै प्रबन्ध मिलाउँछन भने राष्ट्रिय अनुसन्धान विभागबाट पनि १० जना भन्दा बढी सुरक्षाकर्मी प्रधानमन्त्रीको सुरक्षाको लागि खटिएका हुन्छन।

आफ्नै पार्टी दुई खेमामा विभाजन भएपछि एक नेताले अर्को नेतालाई तल्लो स्तरको गालीगलौच र एकले अर्काको उछितो काड्नु अहिले आम सर्बसाधारणको लागि सामान्य भइरहेको छ । प्रधानमन्त्रीलेनै आफू असुरक्षित भएको भन्दै सार्वजनिक कार्यक्रममानै बोल्दै हिँड्नुले आम नागरिकले के बुझ्ने रु यतिको सुरक्षा घेरामा रहेका प्रधानमन्त्री ओलीनै असुरक्षित छन् भने सर्वासाधारणले आफूलाई सुरक्षित कसरी ठान्ने होला ?

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८