म्यानमारको प्रदर्शनमा एकैदिन १८ भन्दा बढीको मृत्यु

  • खबरदाता
  • फागुन १७, २०७७

फागुन १७,२०७७

म्यानमारमा जारी प्रदर्शनमा प्रहरीले गरेको ज्यादतीका कारण एकै दिन कम्तीमा १८ जनाको ज्यान गएको छ ।

यांगुन ,दवाइ र मन्डालय लगायत ठुला सहरमा शनिवार भएको प्रदर्शनमा प्रहरीले गोली चलाउनुका साथै अश्रुग्याँस छाड्दा १८ को ज्यान गएको हो । आइतबार सामाजिक सञ्जालमा प्रहरीको आक्रमणबाट भागाभाग भएको दृश्य छरपस्ट भएका छन् ।

संयुक्त राष्ट्र सङ्घ मानव अधिकार कार्यालयले पनि कम्तीमा १८ जनाको ज्यान गएको तथा ३० जना भन्दा बढी घाइते भएको जनाएको छ ।

प्रदर्शनकारी र स्वास्थ्यकर्मीले यांगुनमा कम्तीमा ४ जनाको ज्यान गएको जनाएका छन् । दवाइमा भएको प्रदर्शनमा कम्तीमा पनि ४ जनाको ज्यान गएको हो । मन्डालयमा कम्तीमा १ जनाको ज्यान गएको छ । लासियो , माइक बागो र पोकाकु लगायत स्थानमा पनि धेरैको ज्यान गए पनि आधिकारिक तथ्याङ्क कतै पनि देखिएको छैन । म्यानमारको यो घटनाको विरुद्धमा एसिया अन्य सहरमा पनि प्रदर्शन भएका छन् ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८