फागुन १३,२०७७
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा विघटन बिरुद्ध फैसला गरेपछि पार्टीको आगामी रणनीतिमा गर्न काङ्ग्रेस बैठक बस्न लागेको हो। बैठक देउवा निवासमा दिउँसो तीन बजेका लागि बोलाइएको छ ।
बैठकमा संसद् पुनर्स्थापनापछि कांग्रेसको आगामी रणनीति, विकसित राजनीतिक घटनाक्रम, नेकपा प्रचण्ड–नेपाल समूहको प्रस्तावलगायतबारे छलफल हुने कांग्रेस नेताहरूले बताएका छन् ।
यसअघि बुधबार दिउँसो सभापति देउवासँग नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बूढानीलकण्ठस्थित निवासमै पुगेर बर्तमान अबस्थाका बारेमा छलफल भएको थियो ।
छलफलमा प्रचण्ड र नेपालले मिलेर अघि बढ्ने प्रस्ताव देउवालाई गरेका थिए । तर, सभापति देउवाले पार्टीभित्र छलफल गरेर आफू निर्णयमा पुग्ने जवाफ प्रचण्ड–नेपाललाई दिएका थिए ।
सभापति देउवाका अनुसार पदाधिकारी बैठकपछि संसदमा आफ्नो भूमिका तय गर्न कांग्रेसले संसदीय दल बैठक पनि बोलाउने छ । हिजो काठमाडौंमा आयोजित एक कार्यक्रम देउवाले चाँडै संसदीय दलको बैठक बोलाउने बताएका थिए ।
नेकपा दुई समूहमा विभाजित भएको अवस्थामा अविश्वास प्रस्तावदेखि नयाँ सरकार निर्माणसम्म कांग्रेसको आगामी भूमिकालाई महत्त्वका साथ हेरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८