पत्रकार रानाभाटलाई टिभेट मिडिया अवार्ड

  • खबरदाता
  • फागुन १२, २०७७

फागुन १२,२०७७
चितवन । पत्रकार डोलराज रानाभाटलाई टिभेट मिडिया अवार्डको दोस्रो पुरस्कार प्रदान गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीईभिटीद्धारा प्रदान गरिएको उक्त अवार्ड बुधबार ३३ औँ वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले रानाभाटलाइ रु। २० हजार नगद राशी सहित प्रमाणपत्र हस्तान्तरण प्रदान गरे ।

सिटीईभिटीले उपलब्ध गराइरहेको शिक्षा तथा सीपबाट सफल जीवन विताएकाहरुको सफलतालाई समावेश गरी रानाभाटले रिपोर्ट बनाएका थिए । सोही रिपोर्टको आधारमा सिटीइभिटीको इतिहासमै पहिलो पटक पत्रकारहरुलाई पुरस्कृत गरिएको परिषदका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले जानकारी बताए ।

देशभरबाट ६० जना पत्रकारहरुले आ(आफ्ना लेख रिपोर्ट पेश गरेका मध्ये रानाभाटले दोस्रो स्थान हासिल गरेका हुन। यस्तै राससका गोपाल बराल प्रथम हुँदै नगद ४० हजार र अर्का पत्रकार यज्ञराज उपाध्यायलाई तेस्रो पुरस्कार नगद १० हजार प्रदान गरिएको थियो ।

  • खबरदाता
  • प्रकाशित मिति:फागुन १२, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८