• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

माडिमा राममन्दिर बनाएर केपी ओलीलाई पुजारी : सुरेन्द्र पान्डे


माडिमा राममन्दिर बनाएर  केपी ओलीलाई पुजारी : सुरेन्द्र पान्डे

 

केपी शर्मा  –  फागुन १२,२०७७

चितवन  – पुर्ब अर्थमन्त्री तथा नेकपाका नेता सुरेन्द्र पान्डेले माडिमा राम मन्दिर बनाएर केपी ओलिलाई पुजारी बनाउने बताएका छन। चितवनको भरतपुरमा दाहाल – नेपाल निकट नेकपाले आयोजना गरेको बिजय सभामा उनले सो कुरा बताएका हुन।

केही समय अगाडि भरतपुरमै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भासणको प्रतिउत्तर दिदै उनले भने , माडिका मेयरलाई म एउटा प्रस्ताव गर्छु हामी तीन सांसद तपाईं सग छौं। माडिमा राम मन्दिर बनाएर ओलीलाई पुजारी राखौं । किन कि उनलाई प्रधानमन्त्री र सांसद पद मन परेन।

पान्डेले अब सबै पार्टीहरु मिलेर सहमतिको सरकार बनाउने बेला आएको र त्यसैमा लाग्न सबैलाई अनुरोध समेत गरे। उनले डर, त्रास र बाटो बिराएर जोकोही पनि ओलिबाटोमा रहेको भए मुल घरमा आउन समेत आग्रह गरे।सबैलाई मुल घरले स्वागत गर्ने उनले बताए ।

सर्बोच्च अदालतले गरेको निर्णयले देशमा न्याय मरेको छैन भन्ने सन्देश दिएको बताउदै उनले भने ,प्रधानन्यायाधीश र न्यायमुर्ति हरुले न्याय मर्दैन भन्ने प्रमाणित गर्नु भएकोमा सलाम भन्न चान्छु ।

अब बन्ने सरकारले जेष्ठ नागरिकको सम्मान गर्दै मासिक भत्ता पाँच हजार पुर्‍याउने र भुमीहिनलाई ६ महिना भित्रमा भुमी उपलब्ध गराउने समेत उनको जिकिर थियो । यी बाहेक नेकपाको समाजबादमा बालकलाई निशुल्क शिक्षा पनि पर्ने हुँदा त्यसलाई पनि पूरा गरिने उनले बताए ।

अब नेकपा र सुर्य चिन्हको पनि बिबाद सकिएको उनले बताए । चुनाब हुने अबस्थामा मात्र चुनाब चिन्ह र पार्टी नामको कुरा आउने भएकोले चुनाबनै नहुने भएपछी स्वतह मुल घरमानै सबै कुरा रहने उनले बताए । उनले भने , हामी मुल घर हौ।

प्रतिगमन बिरुद्ध दाहाल -नेपाल निकट नेकपाले बुधबार गर्ने भनेको बिरोध सभा मंगलबारनै सर्बोच्चले प्रतिनिधि सभा विघटन बिरुद्ध फैसला गरे पछी उनिहरुले सो बिरोध सभालाई बिजय सभामा परिणत गरेका थिए ।
आजको बिरोध सभालाई सम्बोधन गर्न मंगलबार चितवन आएका प्रचण्ड र नेपाल सभामा नबसि बिहानै काठमाडौं फर्किएका थिए।

  • प्रकाशित मिति : फागुन १२, २०७७, बुधवार १०:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८