• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

उपप्रधानमन्त्रीको दुई जिब्रे बोली !

  • खबरदाता

उपप्रधानमन्त्रीको दुई जिब्रे बोली !

फागुन १२,२०७७
चितवन । सरकारका उपप्रधानमन्त्री तथा नेकपाका नेता इस्वोर पोखरेल सर्बोच्च अदालतको निर्णय प्रती असहमति जनाएका छन।

सर्बोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना हुने फैसला गरेपछी उपप्रधानमन्त्री पोखरेलले
सर्बोच्चको फैसला आफुहरुलाइ मान्य नहुने धारणा व्यक्त गरेका हुन । मंगलबार राती सामाजिक संजाल ट्विटर मार्फत सो भनाइ राखेका हुन। उनले लेखेका छन ,ञ सर्बोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने छ । निर्णयलाई माने पनि सम्मान गर्न सकिदैन ।

सरकार संचालनमा गतिरोध सिर्जना हुन पुगेपछी सर्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रधानमन्त्रीको राजनीतिक प्रयत्न रहेकामा त्यसलाई कानुनी आबरणमा निस्तेज बनाउने काम भएको उनले उल्लेख गरेका छन।

सोहि दिन बिहान ९ बजे काठमाडौं जानू अघि चितवनमा उनले लोकतन्त्रबादीले न्यायलको फैसला मान्नु पर्ने बताएका थिए।
उनले भनेका थिए , अदालतप्रति हाम्रो पार्टीको सम्मान छ । उसको निर्णयलाई हामी सिरोधार्य गर्नेछौं ।

  • प्रकाशित मिति : फागुन १२, २०७७, बुधवार ०६:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८