फागुन १२,२०७७ -रासस
सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी गरेको फैसलालाई जनता र संविधानको जितका रुपमा टिप्पणी गरेका छन्।
फैसलाले जनतामा रहेको अदालतप्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको उनको भनाइ छ।
उनले जनताको भावनालाई अदालतले सम्मान गरेको भन्दै सर्वोच्चको निर्णयपछि नेपालको न्यायालयप्रतिको विश्वास झनै बढेर गएको बताए।
‘नेपालको न्यायालयप्रतिको सम्मान झनै बढेर गएको र त्यसले गुणात्मक फड्को मारेको छ’ उनले भने।
उनले प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा लागेका राजनीतिक दल, नागरिक समाज, पत्रकार, कानून व्यवसायी सबैलाई धन्यवाद दिँदै उनीहरुले खेलेको भूमिकाप्रति आभार व्यक्त गरेका छन्।
सभामुख सापकोटाले संविधान अनुसार राज्यका तीनवटै अङ्गबीचको शक्ति पृथकीकरण र सन्तुलन कायम गर्न फैसलाले मार्ग प्रशस्त गरेकोसमेत बताए।
सभामुख सापकोटाले फैसलालाई जनताको पक्षमा भएको महत्वपूर्ण निर्णय भन्दै अब सरोकार भएका सबै पक्षसँग छलफल गरेर सहमतिका आधारमा संघीय संसद् अगाडि बढ्ने जानकारी दिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८