सर्बोच्चद्वारा प्रतिनिधिसभा पुनस्थापनाको फैसला

  • खबरदाता
  • फागुन ११, २०७७

फागुन ११,२०७७
काठमाडौँ। सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धी मुद्दाको फैसला सुनाएको छ। प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले संसद् पुन स्थापनाको घोषण गरेको छ।

ुसंविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले धारा ७६ को ७ अनुसार संसद विघटन गर्ने संवैधानिक पूर्वसर्त अवस्था नभएको र प्रधानमन्त्रीले पुस ५ गते सिफारिस गरी राष्ट्रपतिले स्वीकृत गरी जारी गरेको विज्ञप्ति असंवैधानिक भएकोले संवैधानिक र कानुनी रूपमा शून्य हुने गरी बदर गरिएको छ, फैसला सुनाउँदै प्रधानन्यायाधीश राणाले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् ।

  • खबरदाता
  • प्रकाशित मिति:फागुन ११, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८