• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

दाहाल नेपालले भने :ओलीलाइ नायक बनाएको खलनायक बने


दाहाल नेपालले भने :ओलीलाइ नायक बनाएको खलनायक बने

केपी शर्मा – फागुन ११,२०७७

चितवन। नेकपाका नेता पुस्पकमल दाहाल प्रचण्ड र माधब कुमार नेपालले नायक बनाउन खोजिएका केपी ओली खलनायक बने पछी अहिलेको अवस्था आएको बताएका छन।
चितवनको भरतपुर बिमानस्थलमा संचारकर्मी सगको कुराकानीमा उनिहरुले सो आरोप लगाएका हुन।

आफुले चितवनबाट चुनाब लड्दा पाँच बर्षको लागि भनेर जितेकोले पनि यो संसद पूरा पाँच बर्ष रहनु पर्ने प्रचण्डको जोड थियो। उनले भने ,ञ हाम्रो सहमती अनुसार जनताले पाँच बर्षको लागीनै जिताएका हुन बिचमै ब्रेक गर्न पाइदैन ।झ

अब चाडैनै सर्बोच्चको फैसला हुने र त्यस पछी मात्र जनताको यो आन्दोलन स्थगित हुनेछ ,उनले भने। अहिले खोसिएको आफ्नो हक र अधिकारको लागि जनता सडकमा आएको र यसलाइ जनताले एक किसिमको उत्सबको रुपमा लिएको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीको पक्षमा राजाबादी र खरिदिएका वोकिल बाहेक अरु कोहि नदेखिनुले पनि संसद पुनस्थापना हुनेमा आफुहरु ढुक्क रहेको उनले बताए । उनले भने प्राध्यापक , बुद्धिजीवी ,राजनितिक दल सबै ओलीको कदमको विपक्षमा छन। यसलाइ पनि अदालतले हेरिरहेको छ ।झ
पछील्लो समय ओलिले आफै आन्दोलन गर्छु भन्नुले पनि उनी कति गलत रहेछन भन्ने साबित गरेको उनको भनाइ थियो।
अर्का नेता माधब कुमार नेपालले सम्बिधानको कुनै पनि धाराले संसद विघटन गर्न पाइने नभनेको जिकिर गरे। हरेक पटकको सम्बिधान निर्माण गर्दा आफू रहेको र त्यस्तो कतै उल्लेख नभएको उनको भनाइ थियो। उनले भने ,ञ २०४७ सालको सम्बिधान मैलेनै बनाएको हो। सबै सम्बिधान तयार पार्दा म छु। काहीँ कतै ओलिले भने जस्तो उल्लेख छैन ।झ

सम्बिधानको अन्त्यमा जे सहमति भएको हुन्छ त्यो नै लागू हुन्छ ।पहिले यस्तो र उस्तो थियो भनेर भन्न नमिल्ने तर्क नेपालले दिए। समाजिक संजालमा आएका पुराना भिडियो हेर्दा पनि यस्ता कुरा सबैले सहजै बुझेको उनले बताए । अहिलेको सम्बिधान परम्परागत नभएको र प्रत्यक्ष रास्ट्रपति र प्रधानमन्त्री यसले नचुनेको उनको भनाइ थियो।

चितवनमा बुधबार हुने आफुनिकट नेकपाको बिरोध सभालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल आज चितवन आएका हुन।

  • प्रकाशित मिति : फागुन ११, २०७७, मंगलवार १२:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८