• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

रवि लामिछाने अव ‘ग्यालेक्सी टिभी’मा

  • खवरदाता

रवि लामिछाने अव ‘ग्यालेक्सी टिभी’मा

फाल्गुण–११, २०७७

सञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोता रवि लामिछाने ग्यालेक्सी फोर के टिभी मार्फत दर्शकमाझ आउने भएका छन् ।

गोरखा मिडिया नेटवर्क प्रा.लिद्धारा सञ्चालनमा आएको उक्त टिभी च्यानलले सहि सूचना, स्वास्थ्य र मनोरञ्जन लगायतका पृथक सामाग्रीहरु प्रशारण गर्ने प्रालीले जनाएको छ । सिधाकुरा जनतासंग मार्फत चर्चामा आएका लामिछानेले जनताका आवाजलाई सो च्यानल मार्फत पहिलो प्राथमिकतामा राखिने बताए ।

मंगलवार एक कार्यक्रमका विच ग्यालेक्सी टिभीको उद्घाटन गर्दै सञ्चालक समूहले पहिलो फोरके च्यानल आफुहरुले सञ्चालन गरेको दावी गरेका छन् । प्रालिका अध्यक्षमा डिवी राई र सो टिममा उविलाल बन्जाडे, शमभु गुरागाँई, विपिन कुमार आचार्य र रवि लामिछाने रहेका छन् । लामिछाने प्रालिका प्रवन्ध निर्दैशक हुन ।

सो च्यानलले नेपाली भाषामा रामायण प्रशारण गर्ने जनाएको छ भने लामिछाने आफैले कामका कुरा कार्यक्रम सञ्चालन गर्ने भएका छन् । साथै राजेश हमालले करोडपति सञ्चालन गर्नेछन् । त्यस्तै दिपकराज गिरी, रमेश प्रशाई, महाविर पुनलगायतले कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।

  • प्रकाशित मिति : फागुन ११, २०७७, मंगलवार ०७:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८