• वैशाख ६, २०८१, बिहीवार Thursday, 18 April, 2024

मिडियाले प्रधानमन्त्रीलाई अतिरञ्जित गर्छन : पोखरेल


मिडियाले प्रधानमन्त्रीलाई अतिरञ्जित गर्छन : पोखरेल

केपी शर्मा – फागुन ११, २०७७

सरकारका उप प्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रधानमन्त्रीले बोलेका कुरालाई बङयाएर अतिरञ्जित गर्दै खेदो खनेको आरोप लगाएका छन् ।

ओली निकट प्रेस संगठन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले उक्त आरोप लगाएका हुन । प्रधानमन्त्रीले कुनैपनि सभा सम्मेलनमा आफु र आफ्नो पार्टी आन्दोलनमा जाने कुरा नभनेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले केहिदिन अघि विराटनगरमा संसद पुर्नस्थापना भएमा आफु आन्दोलनमा जाने भनेर बोलेको कुराको उनले बचाउ गरे । उनले भने, ‘प्रधानमन्त्रीले आन्दोलनमा जानेकुरा भन्नु भएको छैन केहि सञ्चार माध्यमले आफुलाई मन नपरेकै भरमा समाचार बनाए । बोलेका कुरालाई रोचक ढङ्गले अतिरञ्जित गर्दै प्रकाशित गरेकामा हामी अचम्मित छौ । ’

पार्टी भित्र लागेको रोगको समयमा उपचार हुन नसक्दा त्यो रोग झागिदै गएर यो अवस्था आएको उनले बताए । पार्टी फुट्नु चुनौती भएको र यसलाई आफ्नो समूहले सकारात्मक रुपमा लिएको बताउँदै यसलाई अवसरको रुपमा बदलेर देखाउने उनको भनाई थियो ।

तोकिएको समयमा चुनावहुने निश्चित भएको बताउँदै आयोग र सुरक्षा निकाय लगायत सबैले आफ्नो काम गरिरहेको उनले बताए । उनले चुनाव चिन्ह सुर्य र नेकपा पार्टी ओलीकै भएको दावी समेत गरे । उनले प्रति प्रश्न गरे , केपी ओलीले सुुर्य चिन्ह नपाए कसले पाउँछ त ? तर आयोग र अदालतको निर्णयलाई भने आफ्नो पार्टीले सिरोधार्य गर्ने उनको भनाई थियो ।

अहिले सबै राजनितीक दलहरु चुनावमा लागिसकेको बताउँदै उनले भने धेरै ठाउँमा सबै पार्टीहरुले सभा र सम्मेलनहरु गर्दा चुनाव प्रचारकै भाषा र शैली प्रयोग गर्नुले पनि चुनावमा सबैले भागलिने छन् भन्ने प्रष्ट हुन्छ  उनले भने।

  • प्रकाशित मिति : फागुन ११, २०७७, मंगलवार ०४:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८