पूर्व सांसद रानाभाटको निधन

  • खबरदाता
  • फागुन १०, २०७७

फागुन १० , २०७७

चितवन । नेपाली कांग्रेस चितवनका नेता तथा पुर्व सांसद एकनाथ रानाभाटको निधन भएको छ । १६ दिन अघि ब्रेन ह्यामरेज भएका रानाभाटको ६६ बर्षको उमेरमा आज निधन भएको हो।

बि. स. २००९ सालमा सयाङजाको भाट खोलामा जन्मिएका रानाभाट नेपाली काङ्ग्रेसका पुर्ब सचिब हुन भने बि. स. २०५६ सालको निर्बाचानमा चितवनको साबिक क्षेत्र न. २ बाट निर्बाचित भएका थिए। उनी सुकुम्बासी समस्या आयोग रुपन्देहीको पुर्ब जिल्ला अध्यक्ष पनि हुन। साथै राष्ट्रिय सहकारी बोर्डका पूर्व अध्यक्ष समेत भएर उनले काम गरेका थिए ।

हाल रत्ननगर १४ पिठुवा स्थायी बसोबास गर्दै आएका रानाभाटका एक श्रीमती, एक छोरा र एक छोरी छन। उनको उपचारको क्रममा आज मध्यान्ह २ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो।

नेपाली काङ्ग्रेस चितवनका अध्यक्ष जित नारायण श्रेष्ठले नेपाली कांग्रेसले एक निष्ठावान नेता गुमाएको भन्दै सामाजिक संजाल मार्फत रानाभाट प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तब्ध परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गरेका छन् ।

श्रेष्ठका अनुसार मंगलबार रानाभाट निवास रत्ननगर–१४ पिठुवावाट बिहान ७ः३० बजे शवयात्रा गरि बिहान ८ः३० बजे देखि बिहान ९ः३० बजे सम्म शव जिल्ला पार्टी कार्यलयमा राख्ने र त्यस पश्चात् पवित्र तिर्थ स्थल देवघाटमा अन्त्यष्टी गरिने छ ।

  • खबरदाता
  • प्रकाशित मिति:फागुन १०, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८