• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रदेश १ का मुख्यमन्त्री बिरुद्ध अबिश्वास प्रस्ताव पेस

  • खबरदाता

प्रदेश १ का मुख्यमन्त्री बिरुद्ध अबिश्वास प्रस्ताव पेस

फागुन ९,२०७७

नेकपा ओली समुहको अवरोधका बिच प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश भएको छ ।

आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन।

मुख्य मन्त्री राईविरुद्ध दाहाल –नेपाल समूहले पौष १२ गतेनै अविश्वासको प्रस्ताव दर्ता गरेको थियो।

नेपालको संविधानको धारा १८८ ९४० तथा प्रदेशसभा नियमावली २०७४ को १२९ ९१० बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो।

सरकार पक्षिय ओली समूहले आज बैठक बस्न नदिने भनेको थियो।

आइतबार बिहानै मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर अविश्वासको प्रस्तावलाई कार्यसूचीमा नराख्न र बैठक स्थगित गर्ने भनेका थिए।

अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका छन्।

  • प्रकाशित मिति : फागुन ९, २०७७, आइतवार १०:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८