दाहाल – नेपाल समुहमा ५०/५० प्रतिशतको सहमति

  • खबरदाता
  • फागुन ०९, २०७७

फागुन ९,२०७७

चितवन । दाहाल–नेपाल ( दाने ) समूहको नेकपाले सम्पुर्ण संगठनात्मक संरचनालाई पूर्णता दिने भएको छ । दाने समुहका नेता पुस्प कमल दाहाल प्रचण्ड र माधब कुमार नेपालले ९ बुँदे मापदण्ड तय गरेका छन।

शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका छन् ।

अब दाने समुहको सबै तहमा दुबै नेता पक्षका ५०-५० प्रतिशत रहने छन।

मापदण्डअनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम्‌ पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिनेछ । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने’ मापदण्डमा भनिएको छ ।

यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य संख्यामा पनि ५०-५० प्रतिशत हुनेगरी बिशेष व्यवस्था गर्न सहमति भएको छ ।

एमाले र माओवादीबीच एकता हुँदा ६०-४० को अनुपातमा एकता भएको थियो ।

  • खबरदाता
  • प्रकाशित मिति:फागुन ०९, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८