फाल्गुन ७, २०७७
नेकपाका दुवै खेमामा नलागेर एकता अभियानमा जुटेका नेता वामदेव गौतम केही दिन यता चुपचाप छन् । जसरी पनि एकता गराएरै छाड्ने अठोट लिएका गौतमले एकताको लागि दुबै समूहका नेतालाई भेट्ने सम्मको काम पनि गर्न सकेका छैनन् ।
दुई ध्रुवमा विभाजित भएको जस्तो देखिने दुई समूहबीच सहजै एकता होला भन्ने देखिदैन । दुबैले आफू नै आधिकारिक भन्दै देशभरबाट मान्छे भेला गराएर आफनो शक्ति हेर्न आउ भन्दै आयोगलाई समेत डाक्ने काम गरेका छन् । दलहरूको अभिव्यक्तिले आयोग दुबै समूहको चेपुवामा परेकोछ । आधिकारिकताको निर्णाय नहुँदा निर्वाचन प्रक्रियाले गति लिन सकेको छैन ।
गौतम पार्टी एकता जोगाउने वा पुनर्एकीकरण गर्ने उद्देश्य लिएर आफूले दुवै समूहलाई समर्थन नगरी अभियानको संयोजक बनेर अगाडि बढेको भने पनि त्यसको कुनै प्रभाव परेको देखिदैन । नेकपाको उपाध्यक्ष समेत रहेका गौतमलाई दुबै पक्षले हटाएका छैनन् । उनी अहिले पनि दुबै पक्षको उपाध्यक्ष कायमै छन् । उनले एकताका लागि पार्टी विभाजन हुन नदिन जसरी भूमिका खेल्नु पर्ने हो त्यसरी सक्रिय भएको देखिदैन ।
गौतमले आफ्नो संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)एकता राष्ट्रिय अभियान घोषणा गर्नु बाहेक एकताका लागि उलेख्य काम गर्न सकेका छ्रैनन् । उनी आधिकारिकताको टुंगो लाग्ने वित्तिकै कुनै एक समूहमा आवद्ध हुन जाने अनुमान गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८