• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

लिखित जवाफ दिन प्रधानमन्त्री सर्बोच्च जाँदै

  • खबरदाता

लिखित जवाफ दिन प्रधानमन्त्री सर्बोच्च जाँदै

फाल्गुन ६, २०७७

प्रधानमन्त्री ओली अपहेलना मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालतमा जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालतमा जाने भएका छन्। ओली विहान ११ बजे सर्वोच्च अदालतमा हाजिर हुने भएका हुन् ।

गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए।अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन भन्ने टिप्पणी गरेका थिए।

  • प्रकाशित मिति : फागुन ६, २०७७, बिहीवार ०५:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८