• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

जनप्रतिनिधिका लागि भाषणकला तालिम

  • खबरदाता

जनप्रतिनिधिका लागि भाषणकला तालिम

फागुन ५,२०७७

नवलपुर । जनप्रतिनिधिलाई बोल्न र प्रस्तुतिकरण गर्न सिकाउने उदेश्यले नवलपुरमा बोल्ने कलाको लागि तालिम सुरु गरिएको छ ।

नवलपुरको देबचुली नगरपालिकाका जनप्रतिनिधिहरुका लागि ञप्रभावकारी भाषणकला र प्रस्तुतीकरण तालिमझ बुधबारबाट सुरु गरिलागी हो । सायरा मिडिया एण्ड ईभेण्ट्सको आयोजनामा सुरु भएको सो तालिम १० दिन सम्म चल्ने छ ।

यो तालिमले लिए पछी जनप्रतिनिधिले आफुले गरेका र गर्न लागेका योजना तथा जुनसुकै कुराहरु सबैका सामु सहजै बोल्न र भन्न सक्ने हुने बस्ताकोटिले बिश्वास लिएको बताए।

बुधबार एक समारोहका बिच गण्डकी प्रदेशसभाका सदस्य रोशन बहादुर गाहाले सो तालीमको उद्घाटन गरे । सो अवसरमा गाहाले स्थानीय तहका जनप्रतिनिधि लक्षित तालिमले जनप्रतिनिधिले भाषण गर्ने शैलीमा सुधार आउने र प्रस्तुतीकरणका क्रममा बिषयकेन्द्रित र शब्द छनौटको बिशेष महत्व हुने भएकाले तालिमका माध्यमवाट नेतृत्व क्षमता बिकासका साथै ब्यक्तित्व बिकासमा सहयोग पुग्ने बिश्वास लिएको बताए । “ तालिमले वडा सदस्यहरुको क्षमता विकासमा सहयोग पुग्छ , यो अबसर हो ” उनले भने।

देवचुली नगरपालिकाका १७ वटै वडा कार्यालयको सहकार्यमा संचालित सो तालिममा हरेक वडाबाट दलित महिला सदस्य र अर्का १ जना सदस्य गरि ३४ जनाको सहभागिता रहेको छ ।

कार्यक्रममा देवचुली ४ र ९ का वडा अध्यक्ष गिरबहादुर थापा क्षेत्री र मेखबहादुर सारु , गण्डकी प्रदेश उद्योग बाणिज्य महासंघका सदस्य धर्मराज बसेल, देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल लगायतले बोलेका थिए ।

कार्यक्रम सायरा मिडिया एण्ड ईभेन्ट्सका अध्यक्ष रमेश बस्ताकोटीको अध्यक्षतामा भएको थियो ।

  • प्रकाशित मिति : फागुन ५, २०७७, बुधवार १५:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८