• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

हत्या गरेपछी अभियुक्तनै हिँडे भागरथीको न्याय माग्न

  • खबरदाता

हत्या गरेपछी अभियुक्तनै हिँडे भागरथीको न्याय माग्न

फागुन ५,२०७७
प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गर्ने तयारी गरेको छ। प्रहरीले भट्ट अध्ययनरत विद्यालयकै एक किशोरलाई घटनाको अभियोगमा नियन्त्रणमा लिएको हो। घटना भएको केही दिनमा प्रहरीको शंकाको घेरामा परेका किशोरलाई अन्य प्रमाण जुटाएपछि नियन्त्रणमा लिएको हो।

पहिले देखि नै उनी हाम्रो क्लोज सर्भिलेन्समा थिए। थप प्रमाण जुटाउन लागिरहेका थियौं। केही प्रमाण हात परेछि समातेका हौं, एक प्रहरी अधिकृतले भने।

सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययन गर्ने १८ वर्षीय दिनेश भट्ट पक्राउ परेका हुन्। भट्ट भागरथीका चिनेजानेका मात्र होइन नाता जोडिएकै व्यक्ति हुन्। भागरथी कक्षा १२ मा अध्ययनरत थिइन्। पुरानो रिसिइबीले माघ २१ गते किशोरले भागरथीलाई भीरबाट लडाएर बोहोस भएपछि घाँटी घिचेर हत्या गरेको खुलेको छ। हत्यापछि किशोरले बलत्कारको प्रयास समेत गरेको देखिएको छ।

यो घटना योजना अनुसार नै भएको देखियो। पारिवारिक रिसिइबीले गर्दा घटना भएको देखिन्छ। थप अनुसन्धान गरिरहेका छौं, एसएपी मुकेस सिंहले भने। माघ २१ गते भागरथी २ बजेतिर विद्यालयबाट घर फर्किन निस्किएकी थिइन्। त्यसपछि दिनेश पनि निस्किएका अनुसन्धानमा खुलेको थियो।

दिनेशले भागरथीको पिछा गरिरहेका थिए। उनी केही समय अगाडी नै भागरथीलाई कुरेर बसिरहो थिए।  केही ग्याप बनाएर उनले पिछा गरिरहेका थिए। मौका पाउने वितिकै खसाएर बेहोस बनाएर हत्या गरेको देखिएको छ,अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए। घटना भइसकेपछि किशोर पहिलै झै बिद्यालयमा जाने र भागरथीको न्यायका लागि भएको कार्यक्रममा समेत सहभागी बनिरहेका थिए।

अभियुक्त भनिएका भट्टको घर भागरथीको भन्दा करिब १५ मिनेटको दुरीमा रहेको छ। दिनेश भागरथीको नातामा भाइ पर्छन्। उनले दिदी भनेर सम्बोधन पनि गर्ने गरेका थिए। प्रहरीको बयानमा पनि उनले दिदी नै भनेका छन्।

  • प्रकाशित मिति : फागुन ५, २०७७, बुधवार ०५:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८