फागुन ४,२०७७
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैँडा मरेका छन् ।
निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार ४ वटा गैँडा चोरी सिकारीका कारण मरेका हुन भने २० वटा गैँडा प्राकृतिक कारण मरेका छन।
मंगलबार पुन अर्को एउटा गैँडा मरेसँगै यो संख्या २४ पुगेको हो। निकुन्जको अमलटारि सेक्टरअन्तर्गत गिद्धेनी भन्ने स्थान नजिकै नारायणी नदी किनारामा नदी छेउमा रहेको ढिस्को उक्लने क्रममा पल्टेर उत्तानो परि गैँडाको मृत्यु भएको हो ।
अन्दाजी करिब ३० वर्षको भाले गैडा मृत अवस्थामा भेटिएको र सो गैडाको खाग खुर लगायतका अङ्गहरु सुरक्षित् रहेको निकुञ्जले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८