• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

‘राम मन्दिरको कुरा प्रचण्ड सिध्याउने अभियान’


‘राम मन्दिरको कुरा प्रचण्ड सिध्याउने अभियान’

केपी शर्मा – फागनु ४, २०७७
चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम मन्दिर माडीमा निर्माण गर्नेकुरा प्रचण्डलाई समाप्त पार्ने अभियान भएको बताएका छन् ।

चितवनको भरतपुरमा निर्माणाधीन सिटीहलको अवलोकन पश्चात संचारकर्मीहरु संगको कुराकानीका क्रममा उनले सो कुरा बताएका हुन् । माडीमा राममन्दिर बनाइनु राम्रो भएको बताए तर पुरातात्विक विभागबाट अनुसन्धान नगरी हचुवाको भरमा एकोहोरो राममन्दिर मात्र जपिरहनु प्रचण्ड सिध्याउँछु भन्ने मनसाय हो, उनले भने ।

माडीमा भएको विकासको गति देखेर ओलीले आफ्नो विरुद्धमा राम मन्दिरको तुरुप फालेको समेत उनको आरोप थियो । “यदि सही र सत्य तरिकाले राममन्दिर बन्ने हो भने म जति खुसी अरु कोही हुँदैन । ”

चितवनको विकासको लागि आफू वर्षौदेखि लडिरहेको उनले बताए । सिटीहल निर्माण र ६ लेन सडक निर्माणमा पनि आफूले ठूलो संघर्ष गरेको उनको भनाई थियो । उनले भने,“ यो दुई आयोजनाको लागि प्रधानमन्त्रीसँग लामै बहस चल्यो । उहाँ निर्माण गर्न चाहानु हुन्न थियो , तर हामीले अति दुखले निर्माण कार्य अघि बढायौ।”

प्रचण्डले प्रधानमन्त्री ओली विकास विरोधी भएको आरोप लगाए । उनले भने, आफूले वनाउँदिन भनेको योजना आफै आएर शिलान्यास गरेकोमा मलाइ खुसी लागेको छ । खुसीको कुरा ,“ विकास विरोधी ओली पनि लाइनमा आए ।” सिटीहल र ६ लेन सडक आफ्नो जिल्लाको गौरव र देशकै नमुना भएकाले यसले चाँडै पूर्णता पाउनुपर्ने उनको धारणा थियो ।

चितवनमा कृषिमा आधारित उद्योगहरुको प्रचुर सम्भावना रहेको उनले औल्याए । यस विाषयमा समाजवादी मोडेलमा बिकास गरिने घोषणापत्रमै उललेख गरेको दाहालले बताएका । अवको विकास निजी र सहकारी क्षेत्रमा समन्वय गरे मात्र सम्भव रहेने उनको भनाई थियो ।

आफू कहिले पनि फुटको पक्षमा नरहेको बताउँदै प्रचण्डले भने,“ मैलेनै पार्टी एकताको प्रस्ताव राखेको हुँ । गठवन्धन गरी चुनावमा जाउँ र पार्टी एकताको संकल्प गरौँ भन्ने प्रस्ताव मेरै थियो ।” यो एकता र संकल्प विरुद्ध ओलीले कुठाराघात गरेको उनको आरोप थियो ।

ओली प्रति व्यङ्ग्य गर्दै दाहालले भने,“जसले गणतन्त्रको आन्दोलनमा यो हुनै सक्दैन भन्थे त्यो मान्छेका हातमा गणतन्त्र गयो । त्यसैले हाम्रा प्रतिवद्धाता र ७० वर्षका उपलब्धी धरापमा परे । ”

पार्टी फुटेको नभई समूहमा विभाजन भएको उनले बताए । अहिले केपीको गुटमा रहेका ९० प्रतिशत साँसद विघटनको विरुद्धमा रहेको उनले जिकिर गरे । तर देशमा केपीको सानो गुट भन्दा सवै एकै ठाउँमा उभिएकाले संसद पुनस्थापना हुने उनको तर्क थियो ।

यदि चुनावै भइहाले पनि असवैधानिक हुने र त्यसपछि वन्ने प्रधानमन्त्रीले एक वर्षमा संसद भत्काउन सक्ने नजिर वस्ने उनको भनाइ थियो । यी सवै कुरालाई अदालतले नियालेकोले पनि संसद पुनस्थापना हुनेमा आफू विस्वस्त रहेको उनले बताए ।

  • प्रकाशित मिति : फागुन ४, २०७७, मंगलवार ०८:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८