फाल्गुण–३, २०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज १४४ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६९ हजार २०४ जना रहेको छ । यो ९८.७ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ३ हजार ५४१ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।
आज चितवनमा १२ र काठमाडौं उपत्यकामा ७३ जना संक्रमित थपिए । देशमा आज कोरोनाको कारण १ जनाले ज्यान गुमाए । योसंगै ज्यान गुमाउनेको कुल संख्या २ हजार ५५ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १ हजार ५ सय ८१ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ७९ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा ५९ र भेन्टिलेटरमा १७ जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने भोजपुर,सोलुखुम्बु, मुस्ताङ, मुगु, रुकुम पश्चिम, अछाम जिल्लामा कोरोना शुन्य रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८