• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

‘राष्ट्रपति मिलाए जस्तो सजिलो छैन अदालत मिलाउन’

  • संबाददाता

‘राष्ट्रपति मिलाए जस्तो सजिलो छैन अदालत मिलाउन’

केपी शर्मा/फाल्गुण–३, २०७७

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापाले राष्ट्रपतिसंग जस्तो सजिलै अदालतसंग प्रधानमन्त्री केपी शर्मा ओलीले सेटिङ मिलाउन नसक्ने बताएका छन ।

प्रधानमन्त्रीले पौष ५ गते गरेको प्रतिनिधि सभा विघटनको असम्बैधानिक र अलोकतान्त्रिक कदमको बिरुद्ध चितवन काङ्ग्रेसले आयोजना गरेको बिरोध सभामा थापाले सो कुरा बताएका हुन । सभामा बोल्दै उनले भने प्रधानमन्त्रीले फोन गरेको भरमा राष्ट्रपतिले तोक लगाए जस्तो सजिलो अदालतमा हुदैन । प्रधानमन्त्रीले हरेक सभाका भाषणमा अदालतमा विचाराधिन रहेको मुद्धालाई प्रभाव पार्नेगरि दिईने गरेका अभिव्यक्तिप्रति उनले आपत्ती जनाए । प्रधानमन्त्रीले हरेक सभामा अदालतले संसद पुनस्थापना नगर्ने ठोकुवा गर्दै आएका छन् ।

काङ्ग्रेस बिधि र बिधानमा सधै बिश्वास राख्ने हुनाले अहिले विचाराधिन रहेको मुद्धामापनि अदालतको निर्णय पर्खेको उनले बताए । प्रधानमन्त्री अहिले आफू पनि हामी प्रतिपक्ष जस्तै आन्दोलनमा रहेको समेत उनले बताए । तर उनिचाहि आफ्नै पार्टीको अर्को समूहप्रति आन्दोलित रहेको थापाको धारणा थियो ।

प्रधानमन्त्री अहिले उद्घघाटन र शिलान्यासमा मात्र ब्यस्त भएको आरोप लगाउदै थापाले भने सिंहदरबारमा दश महिना पाइलो नटेक्ने प्रधानमन्त्री सिंहदरबारमा राखेको सोफा उद्घघाटन गर्न पुग्नुले उनको उद्घाटन प्रतिको मोह प्रष्ट देखिन्छ ।

सरकारले ल्याएका हरेक बिधेक अपरिपक्व भएको उनको भनाइ थियो । चालिस बर्ष मुनिका महिला बिदेश जाँदा वडा वा घरको सदस्यको सिफारिस चाइने भन्ने कदमको उनले खुलेर बिरोध गरे । २१ औ शताब्दिमा पनि सरकारले महिला र पुरुष प्रती बिभेदकारी नीति ल्याएकोले सरकारको हैसिंयत उदाङ्गो भएको उनले बताए ।

ओली सरकारको सुखी नेपाली समृद्ध नेपालको नारा ३ बर्षमा सन्की प्रधानमन्त्री अस्त ब्यस्त नेपाल बन्न गएको पनि थापाको आरोप थियो ।

अब दुई बर्ष पछी आउने चुनाबमा काङ्ग्रेसले सजिलोसग बहुमत ल्याउने उनले दाबी गरे । काङ्ग्रेस अर्काको फुटमा कहिले पनि खुसी हुदैन भन्दै उनले नेकपालाई एजजुट हुन समेत आग्रह गरे ।
आज नेपाली काङ्ग्रेस केन्द्रको निर्णय अनुसार देशका ७७ वटै जिल्लामा बिरोध सभाहरु गरिएका छन् ।

  • प्रकाशित मिति : फागुन ३, २०७७, सोमवार १०:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८