कुल सकृय संक्रमित १ हजार ६०१ जना

  • खबरदाता
  • फागुन ०२, २०७७

 

फागुन २,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज १३१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६९ हजार ६० रहेको छ । यो ९८.७ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ३५०१ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ।

आज चितवनमा ३ र काठमाडौंमा ६१ जना संक्रमीत थपिए।  आज कोरोनाबाट कसैले पनि ज्यान गुमाएनन। देशमा ज्यान गुमाउनेको कुल संख्या २ हजार ५४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ हजार ६०४ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ७९ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा ६१ र भेन्टिलेटरमा १५ जनाको उपचार भइरहेको छ ।

हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने भोजपुर, सोलुखुम्बु ,मुस्ताङ ,रुकुम पश्चिम,अछाम र मुगु जिल्लामा कोरोना शुन्य रहेको छ ।

  • खबरदाता
  • प्रकाशित मिति:फागुन ०२, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८