• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

अब बैज्ञानिक समाजबादी शिक्षा !

  • खबरदाता

अब बैज्ञानिक समाजबादी शिक्षा !

फागुन २,२०७७

बिश्व पूँजीवादले शिक्षा,स्वास्थ्यलाई पूँजी आर्जनको ठुलो थलो बनाउदै आईरहेको छ । शिक्षालाई निःशुल्क,सर्वव्यापी,सर्भशुलभ,व्यवहारीक र प्रविधी युक्त बनाउनुको सट्टा सबैभन्दा बढि मुनाफाको स्रोत र केन्द्र बनाएको छ ।

शिक्षा अहिले पनि सामान्य बर्गका लागि पहुँच भन्दा बाहिरनै छ । सरकारले निशुल्क शिक्षाको नारा दिएपनि त्यस प्रती न सरकार लागेको छ नत तिनका बिध्यार्थी संगठनहरूको ध्यान गएको छ । जतिसुकै जनवादी शिक्षाको नारा लगाएर आएका बिधार्थी संगठनहरू शैक्षिक माफियाकरणमा भने प्रतिस्पर्धा गरेको देखिन्छ ।

ती संगठनहरु आँफुलाई क्रान्तिकारी भन्न रूचाउँछन। उनीहरुले शैक्षिक एजेण्डालाई आफ्नो दैनिकी र जिवननिर्वाहको कमिसनमा कैद गरेर मासिक तलबसँग धरौटी राखेर जनता र बिधार्थीको शैक्षिक अधिकारलाई कुन्ठीत गर्दैछन । यहि समयमा बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी, नेपाल अन्तर्गत बिधार्थी बिभागले बैज्ञानिक समाजवादी शिक्षा नितीलाई अघि बढाउने छलफल सहित बैठक सम्पन्न गरेको छ ।

उक्त बिधार्थी बिभागको बैठकले यही फागुन २८ र २९ गते काठमाडौ गरेको राष्ट्रीय भेला गर्ने भएको छ । उसले संयोजक राजेश्वरी सुबेदी र करण बि सी को सह(संयोजकत्वमा ६१ सदस्यीय बैज्ञानिक समाजवादी बिधार्थी संगठन प्रथम भेला आयोजक समिति घोषणा गरेको छ ।

बैठकले राष्ट्रीय भेलाको लागि बिभिन्न बिभागहरू निर्माण गरेको छ । बैज्ञानिक समाजबादी व्यवस्था निर्माणमा युवा बिधार्थीको निर्णायक भुमिका र महत्व सँगै जिम्मेवारीको ठुलो आबश्यता रहेको ठहर गर्दै यो दिशामा सिंगो समाजलाई अगाडी बढाउने छ ।

साथै पितृसत्ता र समाज ब्यवस्थाको संरचना सँगै देशभर भैरहेको महिला हत्या हिंसा बलात्कार बिरूद्द मौन रहेको सरकार प्रति खेद प्रकट गरेको छ । महिला मैत्री समाज निर्माण गर्नु भन्दा बलात्कारी उत्पादन र संरक्षण गर्ने दलाल पूँजीवादी व्यवस्था बिरूद्द एकजुट भई अघि बढने संकल्प गरेको छ ।

बैज्ञानिक समाजवादी व्यवस्था निर्माणमा सबै भन्दा बढि भूमिका युवा पुस्ताको रहने र शैक्षिक क्षेत्रमा देखिएको माफियाकरणको अन्त्य गर्दै बैज्ञानिक समाजबादी समाज व्यवस्था सँग मिल्दो,जनताको व्यवहारमा प्रयोग हुने शिक्षा, बिज्ञान प्रविधीको बिकाससंगै प्रतिस्पर्धा गर्ने शिक्षानितीको बारे छलफल गर्ने निर्णय समेत गरेको छ ।

  • प्रकाशित मिति : फागुन २, २०७७, आइतवार ०१:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८