आज ४ हजार परिक्षणमा १२७ संक्रमित

  • खबरदाता
  • माघ ३०, २०७७

 

माघ–३०, २०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज १३६ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६८ हजार ७९६ रहेको छ । यो ९८।६ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ४००० जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ ।

देशमा थप २ जनाले ज्यान गुमाउँदा कुल संख्या २ हजार ५४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ हजार ७०७ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८९ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा ६२ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको छ ।

हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने भोजपुर, इलाम ,संखुवासभा ,मुस्ताङ ,रुकुम पश्चिम,अछाम र मुगु जिल्लामा कोरोना शुन्य रहेको छ ।

  • खबरदाता
  • प्रकाशित मिति:माघ ३०, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८