• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

झाक्री पक्राउको बिरोधमा चितवनमा पनि प्रदर्शन


झाक्री पक्राउको बिरोधमा चितवनमा पनि प्रदर्शन

 

माघ २९, २०७७

नेकपाकि नेतृ रामकुमारी झाक्रीलाई पक्राउ गरेको बिरोधमा नेकपा दाहाल -नेपाल समुह निकट विभिन्न संगठनहरुले बिरोध गरेका छन।

आज भरतपुरको चौबीसकोठिमा केहिबेर चक्का जाम गर्दै उनिहरुले बिरोध गरेका हुन। बिना सर्त झाक्रीलाई रिहा नगरे थप आन्दोलन गर्ने उनिहरुले चेतावनी दिए ।

लोकतन्त्रमा जनताले बोल्न पाउने अधिकारलाई ओलि सरकारले ताल्चा लगाउदै सर्ब सत्ताबाद लाद्न खोजेको उनिहरुले आरोप लगाए। आजकै दिनबाट सरकारको दिन गन्ती सुरु भएको भन्दै आन्दोलन नरोकिने बताए ।

केही दिन अघि मात्र गोरखामा भएको आफ्नो समुहको बिरोध सभामा उनले रास्ट्रपति भण्डारीलाई सकृय राजनीति गरेको आरोप लगाएकी थिइन।

ओली समुहको दबाबमा उनलाई पक्राउ गरिएको दाहाल-नेपाल समुहले आरोप लगाउदै आएको छ । झाक्रीलाई अहिले अपराध महाशाखामा राखिएको छ ।

  • प्रकाशित मिति : माघ २९, २०७७, बिहीवार १२:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८