आज ८१ जना संक्रमित थपिए

  • खबरदाता
  • माघ २९, २०७७

 

माघ–२९, २०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज १११ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६८ हजार ६०६ रहेको छ । यो ९८।६ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ३०२३ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।

काठमाडौं उपत्यकामा ३३ जना संक्रमित थपिए । देशमा थप ५ जनाले ज्यान गुमाउँदा कुल संख्या २ हजार ५२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ हजार ७१८ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८७ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा ६४ र भेन्टिलेटरमा १३ जनाको उपचार भइरहेको छ ।

हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने भोजपुर, इलाम ,संखुवासभा ,मुस्ताङ ,रुकुम पश्चिम,अछाम र मुगु जिल्लामा कोरोना शुन्य रहेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८