• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

प्रहरीद्धारा झाक्री पक्राऊ

  • खवरदाता

प्रहरीद्धारा झाक्री पक्राऊ

माघ २९, २०७७

नेकपा दाहाल नेपाल समूहकी महिला नेतृ रामकुमारी झाक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई पक्राउगर्न विहानैदेखि ठुलो संख्यामा दंगा प्रहरी उनको निवास अगाडि परिचालन गरिएको थियो । प्रहरीले झाक्रीलाई पक्राउ पुर्जी थमाएको छ । राज्य विरुद्ध कसुर दफा ५८ अनुसारको पक्राउ पुर्जी दिएको प्रहरीले जनाएको छ ।

नेतृ झाक्रीले पक्राउ पुर्जी पाएपछि पत्रकारहरुसंग संछिप्त कुरा गर्दै भनिन् ताना शाह ढल्ने बेलामा अनेक जुत्ती लगाउने गर्छन त्यहि अनुसार प्रहरी परिचालन गरिएको हो । प्रहरी राष्ट्रको सेवक भएकोले सरकारले जे भन्यो तेहि मान्ने हो । उनले आफै गिरफ्तारी दिने बताउदै गर्दा प्रहरीले भने जबरदस्त गिरफ्तार गरेको छ ।

सरकारको ठाडो आदेशमा नेकपाको दाहाल–नेपाल समूहकी नेता एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको हो । पछिल्लो समय झाक्रीले राष्ट्रपति बिरुद्ध मर्यादा बिपरित बोलेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

केही समय अघि मात्र गोरखामा भएको आफ््नो समुहको बिरोध सभामा उनले रास्ट्रपति भण्डारीलाई सकृय राजनीति गरेको आरोप लगाएकी थिइन ।

उनले भनेकी थिइन राष्ट्रपतिका कुरा त के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे । त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ।

  • प्रकाशित मिति : माघ २९, २०७७, बिहीवार ०७:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८