• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चर्को दबाबपछी झाँक्रीलाई पक्राउ गर्न पुगे सादा पोशाकका प्रहरी

  • खबरदाता

चर्को दबाबपछी झाँक्रीलाई पक्राउ गर्न पुगे सादा पोशाकका प्रहरी

माघ २९,२०७७

सरकारको ठाडो आदेशमा नेकपाको दाहाल-नेपाल समूहकी नेता एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्ने भएको छ । उनलाई पक्राउ गर्न यतिबेला सादा पोशाकका प्रहरी उनको निवास शंखमुल पुगेका छन्।

पछील्लो समय झाक्रीले रास्ट्रपति बिरुद्ध मर्यादा बिपरित बोलेको आरोप प्रहरीको छ । केही समय अघि मात्र गोरखामा भएको आफ्नो समुहको बिरोध सभामा उनले रास्ट्रपति भण्डारीलाई सकृय राजनीति गरेको आरो लगाएको थिइन।

उनले भनेकी थिइन्-राष्ट्रपतिका कुरा त के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।

यसअघि प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न झाँक्रीलाई बोलाएको बताएको थियो।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको बताएका थिए।

सुरूमा प्रहरी कार्यालय बोलाएको भने पनि अहिले सादा पोशाकमा प्रहरी उनको निवासमै पुगेका छन।

मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन्।

बुधबार काठमाडौंमा आयोजित बिरोध सभामा पनि उनले रास्ट्रपतिको खिलेरै बिरोध गरिन। रत उनले मम्मानित रास्ट्रपति पदको भन्दा पनि भण्डारीको कार्यशैलीको बिरोध गरेको बताउदै आएको छिन ।

झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो। झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो।

मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएकी झाँक्रीले भनेकी थिइन्- बोल्न पाइन्छ।

  • प्रकाशित मिति : माघ २९, २०७७, बिहीवार ०६:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८