• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज १६५ जना निको भए

  • खबरदाता

आज १६५ जना निको भए

 

माघ–२७, २०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज १६५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६८ हजार ४३१ रहेको छ । यो ९८।६ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ४३०९ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार २१५ पुगेको छ ।

काठमाडौं उपत्यकामा ७९ जना संक्रमित थपिए । देशमा थप २ जनाले ज्यान गुमाउँदा कुल संख्या २ हजार ४७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ हजार ७३७ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८७ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा ६४ र भेन्टिलेटरमा १५ जनाको उपचार भइरहेको छ ।

हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने भोजपुर,सोलुखुम्बु ,संखुवासभा ,कालीकोट ,रुकुम पश्चिम,अछाम ,मुस्ताङ र मुगु जिल्लामा कोरोना शुन्य रहेको छ ।

  • प्रकाशित मिति : माघ २७, २०७७, मंगलवार १०:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८