• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

आयो….आयोमै बितिसक्यो चालीस बर्ष


आयो….आयोमै बितिसक्यो चालीस बर्ष

देशमा बिकास र समृद्धिका कुरा गरिरहँदा बिदेशबाट आयात गरिएका सस्ता र गुणस्तरहिन बस्तुले आफ्नै उत्पादन बन्द हुने अबस्थामा पुगेको प्रती सरकार बेखबर हो कि बेवास्ता ?

माघ २७,२०७७ – केपी शर्मा

चितवन । जव घरमा परिवारले पैसा माग्दा दिने पैसा हुन्न तब ढाडमा भारी बोकेर तराइ झर्छन उनि । जब घरमा पैसा सकिएको महसुस हुन्छ तव उनी घर छोडिहाल्छन् ।

अरुको जस्तो छैन उनको दैनिकी । बिहान सबेरै ६ बजे कोठामा एक कप चिया खाएर भारी सहित निस्केपछी उनको दैनिकी सुरु हुन्छ ।सबेरै देखि गाउँ र शहरका गल्ली गल्लीमा कराउन थाल्छन् लौ आयो राडी ,पाखी ।।।।लौ आयो ।

सिन्धुपाल्चोक साँझगढी स्याउँलेका ६१ वर्षीय अर्जुन गुरुङको यो दैनिकी चलेको ४० वर्ष बढीनै भयो । उनका पुर्खाले समेत चलाउँदै आएको यो व्यापारनै उनको जीवन धान्ने बाटो बनेको छ ।

अर्जुन मात्रै होइन उनका साला भोला गुरुङ पनि लामो समय देखि अर्जुनको साथमा छन् । जहाँ जुन जिल्ला जादा पनि साथमै हुन्छन भोला। उनीहरुका दुख पुरानै तर व्यापार भने पहिलाको जस्तो भने छैन । पहिलाको अनुपातमा आधा पनि ब्यापार नभएको उनीहरु बताउँछन् । चाइनाबाट आउने गलैचाले उनीहरुको व्यापार खर्लप्पै खाएको छ ।

भेँडाको उनबाट तयार पारिएका राडी पाखीको महत्व बुझेका मान्छेहरु अहिले कमै रहेको अर्जुन बताउँछन् । दुइ हजार देखि ७र८ हजार सम्मका राडीपाखीहरु पिठ्यूँमा वोकेर दिनभर डुलाउँछन् उनीहरु ।

बिगत १०र१२ वर्ष अगाडी र अहिले तुलना गर्दा आधा व्यापार कम भएको उनिहरुको बताउँछन। तर पनि पुरोना व्यवसाय भएको र अर्को नयाँ काम गर्न झन समस्या आउँछकी भनेर यसलाई नै निररुन्तरता दिइरहेका छन्।अर्जुन भन्छन ,ञ नयाँ काम केही जानेको छैन । त्यसको लागि लगाउने लगानी पनि छैन । तेहि भएर यसैमा रमाउनु परेको छ ।झ

भेडाको उन बाट निर्माण गरिन्छ राडि पाखी । भेँडीगोठ चलाउनेको कमी हुँदै जाँदा उनीहरुले गर्दै आइरहको काम समेत प्रभावित वन्दै गएको छ । राडी पाखी उत्पादनमा पनि सोही कारणले समस्या थपिदै आएको अर्जुन बताउँछन् ।
भेँडाको उन जोहो गर्न हिमाल सम्म पुग्छन् उनीहरु ।

विशेषगरी पाँचपोखरी, गौरी शंकर लगायतका हिमाली भेगवाट भेडाको उन ल्याउने गरिन्छ । त्यतिमात्र होइन भनेको जति उन नपाएपछी वेला वखत त मनाङ, मुस्ताङ पनि पुग्ने गर्छन उनिहरु । साला भेना उन खरिदैका लागि त्यसरी दौडधुप गरेपनि स्थानीय उत्पादनलाई बजारमा गरिने वेवास्ताले यो ब्यबसाय प्रती सन्तुष्ट हुन छोडेका छन उनीहरु ।

राडी पाखी वनाउन त्यति सजिलो पनि छैन ।पहिलो त उन पाउनै मुस्किल त्यस माथी पनि बजार खस्कदै जादा ब्यपारनै बन्द हुने चिन्ता समेत छ उनिहरुको ।

असोज र चैत्र वैशाख ताका उन खरिदको समय हो। एउटा भेडाबाट बर्षमा दुई पटक उन काटिन्छ । त्यति सजिलो छैन राडि पाखी बनाउन। उनलाई जम्मा गरी धुने पखाल्ने र त्यसलाई केलाउने काम अति झन्झटीलो छ । त्यसपछि सुकाएर तानमा वुन्ने गरिन्छ । त्यो भन्दा अगावै सुकाएर चर्खामा लगेर धागो तयार पारिन्छ । त्यो धागेलाई पनि दोहोरो वाटिन्छ ।

सानो पाखी तयार पार्न ५,७ दिन लाग्छ भने ठूलो नै तयार पार्न त १० देखि १५ दिननै लाग्ने साला भेना बताउँछन। तर यति मिहिनेतका साथ तयार पारिएका सामाग्री बजारभरी डुलाउँदा पनि विक्रि नहुनुले यो पेशाबाट विस्थापित भइएला भन्ने पिरलो पनि उत्तिकै छ यो जोडीलाई ।

न त बजार छ न नयाँ पिढीले नै यसलाई अंगालेका छन् उनीहरु प्रश्न गर्छन् स्थानीय उत्पादनको संरक्षण र बजार खोइ अनि कसरी हुन्छ देश समृद्ध । नारा मात्रै लगाएर हुन्छर रु वास्तविकता कस्तो छ त हामीले भोगेको छौँ । हामी विदेशी आयातमा भुल्न थालिसकेछौँ ।

समय परिवर्तनसँगै नयाँ प्रविधि आएकोले उन पाउने समस्या र अहिलेको पीढिले यसको महत्व कम बुझिदिँदा व्यापारमा ठूलै समस्या आएको बताउँछन् अर्जुन ।
तर पनि व्यवसाय धानिरहेका मात्र होइन आफ्नो परिवार समेत पालिरहेका छन् उनीहरुले ।

दैनिक ५ देखि ७ वटा पाखी बेच्ने साला भेना अहिले दिनभरमा १, २ वटा मात्रै विक्रि गर्छन् । कहिले काहिँत दिनभरमा वोहनी समेत नहुने उनीहरुको भोगाइ छ ।
विशेषत पूजाआजा र मरिमराउको वेलामा प्रयोग गरिने यस्ता राडीपाखी गाउँघरबाट विस्तारै हराउँदै जान थलेका छन् । यसको ठाउँमा चाइनाबाट आउने गलैचाले पुरै बजार ढाकेको छ । हजार पन्ध्र सयमै प्रसस्तै त्यस्ता गलैजा पाउने भएपछि राडीपाखी किन्नेहरु घटेको अर्जुन बताउँछन् ।

उनीहरुले व्यापारको दौरानामा अधिकांस जिल्ला बाहेक सबै घुमेका छन। अर्जुन भन्छन,ञ पाँच सात जिल्ला बाहेक सबै पुगि सकियो। तर सबै भन्दा सजिलोचै चितवननै हो। त्यसैले यताधेरै आइन्छ।झ भरतपुरको मालपोत चोकमा भेटिएका साला भेना रत्ननगरमा कोठा लिएर बस्दा रहेछन।करिब एक घन्टाको चिया गफमा हामसग धेरैकुराको बेलिबिस्तार लगाएर सांझ पख चौबीसकोठिबाट बस चढि बिदा भए।

  • प्रकाशित मिति : माघ २७, २०७७, मंगलवार ०६:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८