आज १९४ निको हुँदा ७ जनाको मृत्यु भयो

  • खबरदाता
  • माघ २६, २०७७

 

माघ–२६, २०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज १९४ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६८ हजार २६६ रहेको छ । यो ९८।६ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ३३३३ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।

आज चितवनमा ६ र काठमाडौं उपत्यकामा ५८ जना संक्रमित थपिए । देशमा थप ७ जनाले ज्यान गुमाउँदा कुल संख्या २ हजार ४५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ हजार ७४४ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ९२ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा ६३ र भेन्टिलेटरमा १७ जनाको उपचार भइरहेको छ ।

हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने भोजपुर,सोलुखुम्बु ,कालीकोट ,रुकुम पश्चिम र मुगु जिल्लामा कोरोना शुन्य रहेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८