• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा फेरि गैँडा र हात्तीको मृत्यु

  • खबरदाता

चितवनमा फेरि गैँडा र हात्तीको मृत्यु

माघ २५, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जको एउटा हात्तीको मृत्यु भएको छ ।

लामिचौर पोष्टमा कार्यरत रहेको वर्ष ४५ को संखर प्रसाद नामको हात्तीको माघ २२ गते मृत्यु भएको हो । माघ २१ गते बिरामी परेको संखर प्रसादको उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

हिन्दु धर्म अनुसार हात्तीलाई भगवान गणेशको प्रतीक मानिने भएकोले धार्मिक परम्परा अनुसार उक्त मृत हात्तीको पूजापाठ गरि अन्त्येष्टि गरिएको छ । यो सँगै चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जको ५ वटा घरपालुवा हात्तीको मृत्यु भएको छ ।

त्यस्तै निकुन्जको कोर इलाका बगाइ माडी सेक्टर अन्तर्गत घागर भन्ने स्थानमा माघ १३ गते सडेगलेको अवस्थामा अन्दाजी ४० बर्षको गैडा मृत अवस्थामा भेटिएको छ । सो गैडा प्राकृतिक कारण मरेको अनुमान गरिएको छ । यो सहित चालु आर्थिक वर्षमा २३ वटा गैडाको मृत्यु भयको निकुञ्जले जनाएको छ ।

  • प्रकाशित मिति : माघ २५, २०७७, आइतवार १६:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८