निको हुने २ लाख ६८ हजार ७२ जना

  • खबरदाता
  • माघ २५, २०७७

 

माघ–२५, २०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज २६० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६८ हजार ७२ रहेको छ । यो ९८.६ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज २२५१ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा ५५ जना संक्रमित थपिए । देशमा थप २ जनाले ज्यान गुमाउँदा कुल संख्या २ हजार ३८ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ हजार ८१५ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ९२ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा ५६ र भेन्टिलेटरमा ११ जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने भोजपुर,सोलुखुम्बु ,कालीकोट ,रुकुम पश्चिम र मुगु जिल्लामा कोरोना शुन्य रहेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८