• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

सोमबारदेखि पत्रकारलाई पनि खोप

  • खबरदाता

सोमबारदेखि पत्रकारलाई पनि खोप

माघ २५,२०७७

स्वास्थ्य बिभागले सोमबारबाट पुन खोप सुरु गर्ने भएको छ । सोमबारबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना भाइरसविरूद्धको खोप दिन लागीएको हो।

स्वास्थ्य सेवा विभागका अनुसार पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारी गरी करिब २० हजारलाई खोप दिने तयारी भएको छ जनाएको छ ।

सोमबारबाट सुरु हुने खोपको लागि उपत्यकाका चार वटा स्थान तोकिएको छ। स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा। गौतमका अनुसार पत्रकारले सिभिल अस्पताल, कूटनीतिक नियोगका कर्मचारीले गंगालाल हृदयरोग अस्पताल र टिचिङ अस्पताल अनि संयुक्त राष्ट्र संघका कर्मचारीले पाटन अस्पतालमा खोप लगाउने छन । यसपछी बिस्तारै उपत्यका बाहिरका जिल्लामा पनि खोप पठाइएने गौतमले जनाए।

पहिलो चरणको खोप अभियानमा देश भर जम्मा ‍१ लाख ८४ हजार ८५७ जनाले खोप लगाएका छन्। जन मध्ये प्रदेश १ मा २४ हजार २४४ जना ,प्रदेश २ मा २५ हजार ६३७, बाग्मतीमा ६३ हजार ३०८, गण्डकीमा १८ हजार ४७२, लुम्बिनीमा २८९४१, कर्णालीमा ९ हजार ४२० र सुदुर पश्चिम् प्रदेशमा १४ हजार ८५५ जनाले रहेका छन।

जसमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका कर्मचारी, कैदी, सरसफाइ कर्मचारी छन्।

पहिलो चरणको खोप अभियान सकिएसँगै सरकारले अब पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारीलाई खोप दिने तयारी गरेको हो।

  • प्रकाशित मिति : माघ २५, २०७७, आइतवार ०७:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८