• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य

  • खबरदाता

आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य

माघ–२४, २०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज २४८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६७ हजार ८१२ रहेको छ । यो ९८.५ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज २७९४ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ ।
काठमाडौं उपत्यकामा ६६ जना संक्रमित थपिए । देशमा आज कसैको पनि मृत्यु भएको छैन । हिजो सम्म मृत्यु हुनेको कुल संख्या २ हजार ३५ जना पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १ हजार ९५९ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ९५ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा ६१ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने भोजपुर,कालीकोट ,रुकुम पश्चिम र मुगु जिल्लामा कोरोना शून्य रहेको छ ।

  • प्रकाशित मिति : माघ २४, २०७७, शनिवार १०:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८