• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

ओली कम्युनिस्ट विरोधी: हरिबोल गजुरेल

  • खबरदाता

ओली कम्युनिस्ट विरोधी: हरिबोल गजुरेल

माघ २३, २०७७
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट व्यवस्था विरोधी भएको बताएका छन् ।

चितवनका पुराना वामपन्थी नेता खम्बसिंह कुंवर (काजीबा) को स्मृतिमा शुक्रबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै गजुरेलले सो कुरा बताएका हुन् ।

उनले संसद विघटनको गैरसंबैधानिक कदम कम्युनिस्ट व्यवस्था सिध्याउने श्रृखलाको सूरूवात भएकोे बताएका छन् । ‘केपी ओलीले व्यवस्था सिध्याउन प्रतिगामी शक्तिहरूसंग आत्मसमर्पण गरेका छन्’ उनले भने ‘ओली प्रवृत्तिले देशलाई भड्खालोमा हाल्ने र प्रतिगामीहरूले चालेको डिजाइनको गोटी सिड्गो जनमत र कम्यूनिष्ट पार्टीलाइ सिध्याउने हो ।’

गजुरेलले ओलीको खोक्रो राष्ट्रवाद लम्पसारवादमा परिणत भएको भन्दै केपी ओली कम्युनिस्ट आन्दोलनको गद्दार भएको समेत आरोप लगाए । ‘परिवर्तनलाई स्थापित गर्न र व्यवस्था कायम राख्न हामी सबै रूपान्तरित हुदै एकताबद्ध ढंगले आन्दोलनलाई अगाडी बढाउनुपर्छ’ उनले थपे ‘सिङ्गो देश असंबैधानिक कदमको विपक्षमा रहेको छ संसद पुनस्र्थापना भएरै छोड्नेछ ।’

स्वर्गीय काजीबाले एकीकृत कम्यूनिष्ट पार्टीको सपना छाडेर गएको भन्दै उनले रूपान्तरित र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गरेर अगाडी बढ्नु नै काजीबाप्रति सच्चा सम्मान हुने बताए ।

श्रद्धाञ्जली सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बागमती प्रदेश कमिटीका सदस्य तथा चितवनका सचिव कृष्णभक्त पोख्रेलले कम्युनिस्ट आन्दोलन, चितवनको पार्टी निर्माण र कम्युनिस्ट जनमत निर्माणमा स्वर्गीय कुंवरको महत्वपूर्ण योगदान रहेको भन्दै उनको योगदानलाई पार्टीले सधैं सम्झिरहने बताए ।

पोख्रेलले प्रधानमन्त्री केपी ओलीले जनताको प्रतिनिधी संस्था संसद विघटन गरेर प्रतिगमनको बाटोमा हिंडेको भन्दै यस कदमले आम कम्युनिस्ट नेता, कार्यकर्ता र सिङ्गो देशलाई नै मर्माहत बनाएको उल्लेख गरे । उनले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले पुनस्र्थापनाको पक्षमा फैसला गर्नुको कुनै विकल्प नभएको बताउदै चुनाब चिह्न पार्टीको बहुमत पक्षले पाउने समेत बताए ।

 

  • प्रकाशित मिति : माघ २३, २०७७, शुक्रवार १५:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८