माघ–२३, २०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज २७२ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६७ हजार ५६४ रहेको छ । यो ९८।५ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज २७९९ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ ।
आज काठमाडौं उपत्यकामा ५८ जना संक्रमित थपिए । देशमा थप २ जनाले ज्यान गुमाउँदा कुल संख्या २ हजार ३५ जना पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर २ हजार १०८ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ९२ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा ६४ र भेन्टिलेटरमा १३ जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने भोजपुर,कालीकोट ,रुकुम पश्चिम र मुगु जिल्लामा कोरोना शुन्य रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८