• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

राजाको आँगनबाट ओलीले भने : आफू बम पड्काउदै बिप्लबको नाम बेच्ने ?

  • खबरदाता

राजाको आँगनबाट ओलीले भने : आफू बम पड्काउदै बिप्लबको नाम बेच्ने ?

 

नारायणीहिटिको आँगनमा सभा गरेर उनले पुर्ब पन्च र राजाबादीको नजिक हुने रणनीति लिएका हुन।
माघ २३,२०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दाहाल नेपाल समुहलाई आतंकबादीको संज्ञा दिएका छन। उनले शुक्रबार नेकपा आफ्नो समुहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन।

आफ्नो पार्टीको सभामा आउनेलाई बाटोमा अबरोध गरेको भन्दै उनले त्यस्तो आरोप लगाएका हुन। बिहिवार नेकपा दाहाल नेपाल समुहको बन्दमा सवारीसाधनमा गरिएको आगजनि अराजक भएको उनले बताए । साथै उनले अबको केहिदिनमै पुर्बपश्चिम् रेल नियमीत रुपमा संचालन हुने बताएका छन।

शुक्रबार काठमाडौको नारायणहिटि अगाडि भएको उनको नेकपा ओलि समुहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन।

त्यतिमात्र नभइ काठमाडौं रक्सौल सम्मको डिपिआर समेत तयार अन्तिम चरणमा पुगेको बताए ।उनले चीन संग पनि रेलमार्गको लाफी कुरा भइसकेको बताए ।

सरकार अहिले बिकासको पथमा लागेको उनले बताए । सरकारले आफ्नो पालामा ६ हजारको किमि सडक कालो पत्रे भएको बताए । यो सरकारले ४ सय बढी पुल र ४ सय बढीनै झोलुङ्गे पुल समेत निर्माण गरिसकेको बताए ।
आफ्नो सरकार बनेपछी सडकमा बेसहारा र बालबालिका नरहेको बताए ।

सम्बोधनमा उनले भने पार्टी नफुटेको भएर २र४ जना अन्तै घुम्न गएको बताए । उनले भने यत्रो संख्यामा हामीमा जनसमर्थन भएपछी निर्वाचन आयोगलाई पनि थाहा भयो होला मुल पार्टी म भएकोनै हो। आफू नेकपाको मात्रै मुल पार्टी नभएर देशकै मुल पार्टी भएको बताए ।
अब तोकेको समयमै चुनाव हुने भन्दै उनले भने ञञ अबको चुनावमा सबै कुराको छिनोफानो हुन्छ।झझ

प्रचण्ड समुहलाई चुनावमा जितेर आफू मुल पार्टी बन्न चेतावनी दिदै उनले भने ञञ घुम्न गएका साथीहरुले निर्वाचन आयोगलाई चुनावको तयारी नगर्न सधैं दवाब दिइरहेका छन।झझ
अब हुने चुनाबमा  आफू एक्लैलाई जनताले बहुमत दिने समेत दाबी गरे।

  • प्रकाशित मिति : माघ २३, २०७७, शुक्रवार ०९:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८