चितवनमा आज २ जनामा संक्रमण पुष्टि

  • खबरदाता
  • माघ २२, २०७७

माघ–२२, २०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज २२७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६७ हजार २९२ रहेको छ । यो ९८.४ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ३८७८ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।
चितवनमा आज २ जनामा संक्रमण देखियो भने काठमाडौं उपत्यकामा ७८ जना संक्रमित थपिए । देशमा थप २ जनाले ज्यान गुमाउँदा कुल संख्या २ हजार ३३ जना पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर २ हजार २७७ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ९२ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा ६१ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने भोजपुर,कालीकोट ,रुकुम पश्चिम र मुगु जिल्लामा कोरोना शुन्य रहेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८